राजीव गान्धीको हत्या शैलीमा मोदीको हत्याको प्रयास, माओवादीले बनाएको थियो योजना, पाँच आरोपी पक्राउ



हाम्रो इकोनोमि

एजेन्सी। भारतका पूर्व प्रधानमन्त्री राजीव गान्धीको हत्या गरिएको शैलीमा हालका प्रधानमन्त्री नरेन्द्र मोदीको समेत हत्याको योजना बनाइएको खुलासा भएको छ ।

यो योजना माओवादीले बनाएको पनि खुलेको छ । पुणे पुलिसले शुक्रबार कोरेगांव हिंसा घटनामा सम्बन्धित पाँच आरोपीलाई पक्राउ गरेपछि योजनाको खुलासा भएको हो ।

पक्राउ परेकाहरु प्रतिबन्धित भारतीय कम्युनिष्ट पार्टी (माओवादी)का कार्यकर्ता भएको बताइएको छ । नेपालमा माओवादी मुलधारको राजनीतिमा आइसकेको भएपनि भारतमा भने माओवादी पार्टी अझै पनि विद्रोही नै छ र यहाँ माओवादीमाथि प्रतिबन्ध लगाइएको छ ।

पुलिसले पक्राउ परेकामध्ये एकको घरबाट एक पत्र बरामद गरेको छ । पत्रमा माओवादीले ‘एक अर्को राजीव गान्धी हत्याकाण्ड’को योजना बनाइरहेको उल्लेख छ ।

सरकारी पक्षले अदालतमा बताएअनुसार दिल्लीमा रोना विल्सनको घरमा भेटिएको उक्त चिठीमा एम–४ राइफल र गोली किन्नको लागि आठ करोड रुपैयाँ आवश्यक भएको उल्लेख गरिएको छ ।

चिठीमा मोदीको लहरको फाइदा उठाउँदै बीजेपी १५ भन्दा बढी राज्यमा आफ्नो सरकार बनाउन सफल रहेको भन्दै मोदीको हत्याको लागि कडा कदम उठाउनुपर्ने उल्लेख छ ।

मोदीको हत्या राजीव गान्धी हत्याकाण्डजस्तै गरी गर्दा झट्ट हेर्दा यो आत्महत्या वा दुर्घटनाजस्तो देखिने भएकोले मोदीको रोड शो लाई लक्ष्य बनाउन सकिने उल्लेख छ । अनलाईन समाचार सेवाबाट

 

 

प्रतिक्रिया दिनुहोस
१५ औं महाधिवेशन तयारीको जिम्मा सशांकलाई, गगनको कार्य समितिलाई मान्यता नदिने

    नेपाली कांग्रेसको शेरवहादुर देउवा पक्षले आयोजना गरेको राष्ट्रिय भेलाले १५ औं...

भदौका लागि वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

  भदौ महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । साउनको...

मलाई अध्यक्षबाट हटाएर त देखाऊ, के हुन्छ : केपी ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई अध्यक्षबाट हटाएर देखाउन खुला...

नाइमा मोबिलिटी एक्स्पोको आज अन्तिम दिन

    भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ आज (३१ साउन) समापन...