मेलम्चीको पानी सुकाउन यसरी हुदैछ षड्यन्त्र,१ अर्व ६५ करोडमा प्रचण्डकि बुहारी मन्त्री भईन बुरुक्क



हाम्रो इकोनोमि

दशैंसम्ममा मेलम्ची खानेपानी परियोजनाको पानी काठमाडौं नआउने पक्का भएको छ । बरु मेलम्ची खानेपानी आयोजनाको ठेक्का पाएको कम्पनि सिएमसीले आयोजनाको निर्माण लागतमा क्षतिपूर्तिको माग गर्दै मुद्धा हाल्न भ्याएको छ ।
झण्डै १ अर्व ६५ करोडको क्षतिपूर्तीसहित हालिएको मुद्धाको सुनुवाई शुक्रवार हुँदैछ । मुद्धाको सुनुवाईको पूर्व सन्ध्यामा इटिप्साले आफ्नो प्रमुख इञ्जिनियर प्रमूख थोमस बेरबिचलाई बर्खास्ती गरेर मुद्धा प्रभावित पार्ने खोजेको प्रति खानेपानी मन्त्रालयका उच्च अधिकारीहरुले आपत्ति जनाएका छन् ।

काममा अवरोध गरेको छ । मेलम्ची खानेपानी आयोजनाको निर्माणका लागि सन् २०१३ मा इटालियन ठेकेदार कम्पनि सिएमसीसँग नेपाल सरकारको निर्माण सम्झौता भएको थियो ।भ्याटबाहेक ७ अरब ७२ करोडको निर्माण सम्झौता भएकोमा हालसम्म सिएमसीलाई नेपाल सरकारले करीब ८ अरब ७५ करोड भुक्तानी गरिसकेको छ । तर, सिएमसी कम्पनिले भूकम्पका कारण निर्माण लागत बढेको भन्दै १ अरब ६५ करोड थप क्षतिपूर्ति माग गरेको हो ।

उक्त मुद्धामा नेपाल सरकारलाई हराउन खानेपानी र मेलम्ची परियोजनाकै केही कर्मचारीहरु हात धोएर लागेका छन् । यदी नेपाल सरकारले हारेमा ठेकेदार कम्पनिलाई १ अरब ६५ करोड क्षतिपूर्ति भर्नुपर्नेछ भने आयोजनाको अवधि ५४० दिनले बढ्नेछ । यो भनेको मेलम्ची आउने काठमाडौंसम्म आइपुग्न अझैं डेढ वर्ष पर धकेलिनु हो । यो विषयमा खानेपानी मन्त्री विना मगरले समेत गभ्भीरता प्रकट गरेकी छिन् ।

उनले नेपाल सरकारले भुक्तानी नरोकेको स्पष्ट पार्दै, मेलम्ची आयोजना, ठेकेदार कम्पनि र परामर्शदाता कम्पनिको मिलेमतोमा नेपाललाई डुबाउने र नेपाल सरकारलाई हराउने डिजाइनमा भइरहेको चाल पाएका कारण चुप लागेर नबस्ने प्रतिक्रिया दिएकी छिन् । खानेपानी मन्त्रालय ठेकेदार कम्पनीलाई कालोसूचीमा राख्ने तयारी गरिरहेको छ । मन्त्रालय स्रोतका अनुसार मेलम्ची परियोजनाको काम एक दिन काम रोकिँदा नेपाललाई ५१ लाख नोक्सान बेर्होनु पर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस
ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...

धनकुटाबाट एमालेका राजेन्द्र राई विजयी

    धनकुटामा राजेन्द्र राई तेस्रो पटक विजयी हुँदै  ह्याट्रिक गरेका छन् ।...

दार्चुलामा एमालेका गणेशसिंह ठगुन्ना विजयी

   प्रतिनिधिसभा सदस्यतर्फ एकमात्र निर्वाचन क्षेत्र रहेको दार्चुलामा नेकपा (एमाले) का उम्मेदवार गणेशसिंह...

इलाम–२ बाट एमालेका सुहाङ निर्वाचित

    प्रतिनिधिसभा सदस्य निर्वाचनमा इलाम–२ बाट नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उम्मेदवार...