हिमानी संग हिमचिम बढे संगै ज्योतिषले राजा हुन्छस भने पछी पारसले लिन थाले यस्तो प्रशिक्षण



हाम्रो इकोनोमि

पूर्व युवराज पारश छोरा हृदयेन्द्र शाहलाई सँगै लिएर आज दिउसो मृगस्थली पुग्ने भएका छन्। तर, पहिलेजस्तो पुजाआजाका लागिमात्र नभई मृगस्थलीस्थित गुरु गोरक्षनाथ धाम मृगस्थलीमा विभिन्न विषयमा कक्षा लिन जान लागेका हुन्।

छोरा हृदयेन्द्र र पूर्व शाही परिवारका अन्य परिवारसहित मृगस्थली जान लागेका पारशले ‘बृहत् आध्यात्मिक परिषदको पुस्तकालय’ को विशेष कक्षामा सम्मिलित हुनेछन्। त्यसक्रममा पारशले नौनाथ, गोरक्षनाथ, शाहवंश र गुरु गोरक्षनाथको अन्तर्सम्बन्ध, धर्मशास्त्र अनुसारको वैदिक चार सत्ताबारे जानकारी लिनेछन्।

यसैगरी नेपालमण्डल र गोरखा विस्तार, शाहवंशका देन, पृथ्वीनारायण शाहको राज्य सञ्चालन नीति, दिव्य उपदेश, महेन्द्र नीति, योगी नरहरिनाथ र मौलिक शिक्षा नीति, अर्थनीति तथा ईतिहासकालका अत्यन्त महत्त्वपूर्ण सामाग्री रहेको श्रव्यदृष्य पनि हेर्नेछन्।
पूर्व नवयुवराज हृदयेन्द्र र शाही परिवारका अन्य सदस्य आज मृगस्थली पुग्ने भएपनि पारशले विगत ४ दिनदेखि निरन्तर मृगस्थली गएर उपरोक्त विषयमा कक्षा लिइरहेका छन्। त्यहाँ आयोजित कक्षामा भएको ज्ञानबारे बिचार विमर्श र छलफल पनि हुने गरेको राष्ट्रिय सरोकार मञ्चका संयोजक सोमबिक्रम सिंहले बताए।

पारशसहित पूर्व राजपरिवारका सदस्यहरुलाई गुरु गोरक्षनाथ धाम अन्तर्गत बृहद आध्यात्मिक परिषदका अध्यापकहरुले कक्षा दिनेछन्। तत्कालिन राजा श्री ५ महेन्द्रको निर्देशन बमोजिम गठन भएको सो परिषदका संरक्षक महेन्द्र आफै थिए।

प्रतिक्रिया दिनुहोस
पर्सा जिल्ला अदालत पुगेर रवि लामिछानेले तारेख बुझे

     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पर्सा जिल्ला अदालत...

७४ अंक घट्यो सेयर बजार

    बुधबार सेयर बजारको परिसूचक नेप्से ७४.७३ अंक घटेको छ । सो...

मार्चमा भित्रिए एक लाख २० हजारभन्दा बढी पर्यटक

    सन् २०२६ को मार्चमा १ लाख २० हजार ५१६ जना विदेशी...

सभामुखको निर्वाचन यही चैत २२ गते

     प्रतिनिधिसभाको सभामुखको निर्वाचन यही चैत २२ गते हुने भएको छ ।...