रघुवीरलाई खातमाथि खात : भानुभक्तको पुर्परोमा हात



हाम्रो इकोनोमि

प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले जीवनभर साथ दिएका एक नेतालाई स्थायी समिति सदस्य नबनाएर घोर अन्याय गरेको टिप्पणी ओली गुटमा हुने गरेको छ । भानुभक्त ढकाललाई स्थायी समितिमा लानका लागि ओलीलाई नेकपाका बरिष्ठ नेता माधव नेपाल, महासचिव विष्णु पौडेल र सुवास नेम्वाङले समेत अनुरोध गरेको स्रोत बताउछ ।

हरेक मोर्चामा ढकालले पार्टी अध्यक्ष केपी ओलीलाई साथ दिए पनि माधव नेपालले समेत उनलाई नेकपाको स्थायी समितिमा लान अनुरोध गरेको स्रोत बताउछ  । तर,  पार्टी अध्यक्ष  ओलीले त्यो अनुरोध समेत किन अस्वीकार गरे भन्ने चर्चा चलेको छ ।

एमालेका एक नेताका अनुसार, प्रधानमन्त्री ओली पार्टी एकताका क्रममा माधव नेपाल र बिष्णु पौडेलको कुरा सुन्थे, तर भानुभक्त ढकाललाई स्थायी समितिमा लाने कुरा उनले मानेनन् ।

एमालेले स्थायी समितिमा २६ जनाको भाग पाएको थियो । त्यसमा २२ जना पहिलेकै पार्टीका स्थायी समिति सदस्य स्वतः भए । स्रोत भन्छ,  चार जनामा बेदुराम भूसाल, रघुजी पन्त, विष्णु रिमाल र भानुभक्त ढकाललाई बनाउन माधव नेपालदेखि बिष्णु पौडेलसम्मले जोडसंग छलफल  गरे । प्रधानमन्त्रीकै टीममा रहेर पहिलेदेखि सहयोग गरेको भन्दा पनि अध्यक्ष ओलीले हो, बनाउनुपर्ने हो भनेका थिए ।

तर, बनाउने बेलामा मन्त्री बनेपछि अति नै विवादमा आएका र कमिशनमुखी आरोप खेप्दै आएका  रघुवीर महासेठलाई नेकपाको स्थायी समिति सदस्य बनाएपछि  ओली निकट केही  कमरेडहरुले यसको रहस्य खोज्न सुरु गरेको स्रोत बताउछ ।

रघुवीर महासेठका श्रीमती/श्रीमानलाई  नै सांसद, रोजेको मन्त्रालयको मन्त्री बनाएर मात्र नपुगी प्रधानमन्त्री ओलीले स्थायी समिति सदस्य पनि बनाएका छन् ।

महासेठ महाधिवेशनबाट केन्द्रीय सदस्य भएका पनि होइनन् । एमालेको  टीके  केन्द्रीय सदस्य हुन् । महासेठलाई टीका लगाएर बढुवा गर्दै जीवनभर आफूलाई साथ दिने भानुभक्तहरुको मन रुवाउने काम अध्यक्ष ओलीले गरेको गरेको गुनासो नेकपा भित्र रहेको  छ ।

पूर्वएमाले पंक्तिमा महासेठलाई बढी नै भएको टिप्पणी हुन थालेको छ । प्रधानमन्त्री ओलीले पार्टीमा कसैलाई खातमाथि खात कसैलाई पुर्पुरोमा हात बनाएको आरोप।

महासेठ मन्त्री बनेपछि एक पछि अर्को विवादमा पनि पर्दै आएका छन्।  मन्त्रालय अन्तरगतका प्रोजेक्ट प्रमुखहरु र कर्मचारीहरुसंग कमिशन माग्ने र  कमिशन नदिनेलाई काज सरुवा गर्ने गरेका छन्।

साँघुन्यूज डटकमबाट

प्रतिक्रिया दिनुहोस
चितवन १ मा एमालेका दावा दोर्जे लामाको अग्रता

    चितवन १ मा रास्वपाका हरि ढकाल पछि परेका छ । पछिल्लो...

खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...