रघुवीरलाई खातमाथि खात : भानुभक्तको पुर्परोमा हात



हाम्रो इकोनोमि

प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले जीवनभर साथ दिएका एक नेतालाई स्थायी समिति सदस्य नबनाएर घोर अन्याय गरेको टिप्पणी ओली गुटमा हुने गरेको छ । भानुभक्त ढकाललाई स्थायी समितिमा लानका लागि ओलीलाई नेकपाका बरिष्ठ नेता माधव नेपाल, महासचिव विष्णु पौडेल र सुवास नेम्वाङले समेत अनुरोध गरेको स्रोत बताउछ ।

हरेक मोर्चामा ढकालले पार्टी अध्यक्ष केपी ओलीलाई साथ दिए पनि माधव नेपालले समेत उनलाई नेकपाको स्थायी समितिमा लान अनुरोध गरेको स्रोत बताउछ  । तर,  पार्टी अध्यक्ष  ओलीले त्यो अनुरोध समेत किन अस्वीकार गरे भन्ने चर्चा चलेको छ ।

एमालेका एक नेताका अनुसार, प्रधानमन्त्री ओली पार्टी एकताका क्रममा माधव नेपाल र बिष्णु पौडेलको कुरा सुन्थे, तर भानुभक्त ढकाललाई स्थायी समितिमा लाने कुरा उनले मानेनन् ।

एमालेले स्थायी समितिमा २६ जनाको भाग पाएको थियो । त्यसमा २२ जना पहिलेकै पार्टीका स्थायी समिति सदस्य स्वतः भए । स्रोत भन्छ,  चार जनामा बेदुराम भूसाल, रघुजी पन्त, विष्णु रिमाल र भानुभक्त ढकाललाई बनाउन माधव नेपालदेखि बिष्णु पौडेलसम्मले जोडसंग छलफल  गरे । प्रधानमन्त्रीकै टीममा रहेर पहिलेदेखि सहयोग गरेको भन्दा पनि अध्यक्ष ओलीले हो, बनाउनुपर्ने हो भनेका थिए ।

तर, बनाउने बेलामा मन्त्री बनेपछि अति नै विवादमा आएका र कमिशनमुखी आरोप खेप्दै आएका  रघुवीर महासेठलाई नेकपाको स्थायी समिति सदस्य बनाएपछि  ओली निकट केही  कमरेडहरुले यसको रहस्य खोज्न सुरु गरेको स्रोत बताउछ ।

रघुवीर महासेठका श्रीमती/श्रीमानलाई  नै सांसद, रोजेको मन्त्रालयको मन्त्री बनाएर मात्र नपुगी प्रधानमन्त्री ओलीले स्थायी समिति सदस्य पनि बनाएका छन् ।

महासेठ महाधिवेशनबाट केन्द्रीय सदस्य भएका पनि होइनन् । एमालेको  टीके  केन्द्रीय सदस्य हुन् । महासेठलाई टीका लगाएर बढुवा गर्दै जीवनभर आफूलाई साथ दिने भानुभक्तहरुको मन रुवाउने काम अध्यक्ष ओलीले गरेको गरेको गुनासो नेकपा भित्र रहेको  छ ।

पूर्वएमाले पंक्तिमा महासेठलाई बढी नै भएको टिप्पणी हुन थालेको छ । प्रधानमन्त्री ओलीले पार्टीमा कसैलाई खातमाथि खात कसैलाई पुर्पुरोमा हात बनाएको आरोप।

महासेठ मन्त्री बनेपछि एक पछि अर्को विवादमा पनि पर्दै आएका छन्।  मन्त्रालय अन्तरगतका प्रोजेक्ट प्रमुखहरु र कर्मचारीहरुसंग कमिशन माग्ने र  कमिशन नदिनेलाई काज सरुवा गर्ने गरेका छन्।

साँघुन्यूज डटकमबाट

प्रतिक्रिया दिनुहोस
केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...

रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

  उच्च अदालत बुटवलले रास्वपा सभापति तथा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई...