कांग्रेसमा अन्तर्घातीलाई यसरी किक हान्दै देउवा, सुजाता , अमरेशकुमार सहित २८३ लाई कारबाही ठोक्ने तयारी



हाम्रो इकोनोमि

स्थानीय तहको निर्वाचनमा आफ्नै पार्टीका नेतालाई हराउन भूमिका खेलेको आरोप लागेका अन्तर्घातीलाई कारबाही गर्न बनेको कांग्रेसको अनुशासन समिति निष्क्रिय भएको छ ।

०७० को दोस्रो संविधानसभा निर्वाचनपछि केन्द्रीय सदस्य सुजाता कोइराला, अमरेशकुमार सिंहसहितका २८३ जना नेता कार्यकर्तालाई कारबाही गरेको अनुशासन समितिले १० महिनाअघि अनुशासन उल्लंघन गर्नेमाथि छानबिनको प्रक्रिया अघि बढाए पनि यसपटक सुस्त देखिएको हो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

समितिको नेतृत्व सम्हालेका रमेश रिजालले राजीनामा दिएपछि अन्तर्घातीमाथि अनुसन्धान र कारबाहीको प्रक्रिया अघि बढेको छैन । रिजालको संयोजकत्वमा गत ८ भदौमा पाँच सदस्यीय अनुसन्धान समितिको गठन भएको थियो ।

छानबिन अघि बढाइएकामा डडेल्धुरा जिल्ला सभापति कर्ण मल्ल, नुवाकोट जिल्ला सभापति एवं सांसद जगदीश्वरनरसिंह केसी, दैलेख जिल्ला सभापति कृष्ण विसी, जुम्लाका सांसद ललितजंग शाही, जुम्लाका सभापति जितबहादुर शाही, रुकुमकी सांसद मिठु मल्ल, त्रिवि उपकुलपति प्राडा. तीर्थराज खनियाँसहितका थिए ।

यीविरुद्ध जिल्लाभित्रका स्थानीय तहमा कांग्रेसका आधिकारिक उम्मेदवारलाई जिताउन भूमिका नलेखेको, हराउन सक्रियता देखाएकोजस्ता उजुरी परेपछि छानबिन अघि बढेको थियो ।

सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरा सभापति कर्णविरुद्ध अमरगढी नगरपालिकामा कांग्रेसलाई हराउन लागेको भन्दै उजुरी परेको थियो ।

त्यस्तै, नुवाकोटका सभापति केसीविरुद्ध विदुर नगरपालिकामा कांग्रेसलाई हराउन सक्रियता देखाएको भन्दै उजुरी परेको थियो । तर, यिनीहरूले दिएको स्पष्टीकरण चित्त बुझ्दो छ वा छैन, उजुरीसँगै उपलब्ध प्रमाणलाई छानबिन गरी कारबाही अघि बढाउने प्रक्रिया नै सुस्त बनेपछि कांग्रेस कार्यालयमा गुनासो गर्ने क्रम बढ्दो छ ।

प्रतिक्रिया दिनुहोस
चितवन १ मा एमालेका दावा दोर्जे लामाको अग्रता

    चितवन १ मा रास्वपाका हरि ढकाल पछि परेका छ । पछिल्लो...

खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...