यसरी हुँदैछ आज नेकपाको दल दर्ता, केन्द्रीय कमिटीमा ३३ प्रतिशत महिला नपुगेपछि समस्या



 तत्कालीन एमाले र माओवादी केन्द्रको एकतापछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई दल दर्ताको स्वीकृति दिन निर्वाचन आयोगको बैठक आज बस्दैछ ।

आयोग बैठकले दल दर्ताका लागि परेको निवेदनमा अन्तिम छलफल गरेर स्वीकृति प्रदान गर्न लागेको आयोग स्रोतले जनाएको छ ।

यद्यपी दल दर्ताको प्रमाणपत्र दिँदा केलाई आधार बनाउने भन्नेमा आयोग संकटमा छ । केन्द्रीय कमिटीमा ३३ प्रतिशत महिला नपुगेपछि दल दर्तामा समस्या परेको छ ।

अव आयोगले आयोगले दल दर्तासम्बन्धि नियामावली नै परिवर्तन गरेर भएपनि स्वीकृति प्रदान गर्ने तयारीमा आयोग छ । दल दर्ता सम्बन्धी नियमावली आयोगले खुकुलो पार्न सक्छ ।

यसअघि पटक पटक बसेको आयोगको बैठकले दल दर्ताका लागि स्वीकृति प्रदान गर्न नसक्दा नेपाल कमयुनिष्ट पार्टी (नेकपा) ले दल दर्ताको प्रमाणपत्र पाउन सकेको थिएन ।

नाम बुझाएपछि अध्ययन र छानविनका लागि एक साता समय मागेको आयोगले तीन साता वित्न लाग्दा पनि ठोस निर्णय लिन सकेको थिएन ।

एमाले र माओवादी एकीकरणपछि गत जेठ ३ गते नेकपा अन्डरलाइनका नाममा दल दर्ता गर्न आयोगमा निवेदन दिइएको थियो ।

तर, नेकपा नामको पार्टी आयोगमा यसअघि नै दर्ता भैसकेकाले त्यसको एकसातापछि नाम सच्चाउदै  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नाममा दल दर्ता गर्न पुन निवेदन पुन दिइएको थियो ।

तर, त्यसको झण्डै दुई साता वित्न लाग्दा पनि आयोगले दल दर्ताको प्रमाणत्र दिन सकेको थिएन ।

आयोगमा दल दर्ता गर्न कुल केन्द्रीय सदस्यको ३३ प्रतिशत महिला अनिवार्य हुने संबैधानिक व्यवस्था छ ।

तर, ४४१ केन्द्रीय सदस्य रहेको नेकपाले आयोगमा बुझाएको केन्द्रीय सदस्यको लिष्टमा ७२ जनामात्रै महिला सदस्य छन् ।

जसका कारण आयोगले तुरुन्त दल दल दर्ताको प्रमाण दिन सकेन ।

उता, पार्टीमा महिलाको संख्या कम भएको भन्दै बारम्बार महिला नेतृहरुले नेतृत्वसमक्ष  गुनासो गर्दै आएका छन् ।

मंगलबारमात्रै पनि सो पार्टीका महिला नेतृहरुले अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर महिलाको संख्या ३३ प्रतिशत पुर्याउँन माग गर्दै ज्ञापनपत्र बुझाउन बालुवाटार पुगेका थिए ।

तर, जवाफमा दुवै अध्यक्षले विशिष्ट परिस्थतिका कारण अहिले सो संख्या पुर्याउँन नसकिएको भन्दै अनाबाश्यक झमेला नझिक्न निर्देशन दिदै बरु माहाधिबेशनमा त्यसको कार्यन्वयन गर्ने आश्वसन दिएर पठाएका थिए ।

यसअघि पनि अध्यक्ष ओलीले महिला नेतृहरुलाई ३३ प्रतिशतको कुरा झिकेर धेरै ‘ट्याउँट्याउँ’ नगर्न निर्देशन दिएका थिए ।

नेकपामा हाल ४४१ केन्द्रीय सदस्यमध्ये ७२ जना महिला छन् । यो संख्या प्रतिशतका आधारमा १६ प्रतिशत मात्रै हुन आउँछ ।

४४१ को ३३ प्रतिशत १४५ हुनेछ ।

के गर्ला आयोगले ?

सत्तारुढ त्यसमाथि पनि अहिले सवैभन्दा ठुलो दल हो, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ।

यति शक्तिशाली दललाई ३३ प्रतिशत महिला नभए दल दर्ता नै गर्दिन भन्ने सामर्थ आयोगसँग पनि छैन ।

स्रोतका अनुसार त्यसका लागि आयोग लचलो हुनुको विकल्प छैन ।

यसबारे आयोगका कुनैपनि पदाधिकारीहरु खुलेर बोल्न चाहाँदैनन् । यसकारण पनि आयोग दवावमा छ भनेर बुझ्न कठिन छैन ।

यद्यपी ‘राजनीतिक दल दर्ता सम्बन्धी कानुन २०७४ को दफा १५ को ४’ अनुसार नै आयोगले दल दर्ता गर्ने बताउँछन् आयोगका उपसचिव तथा सुचना अधिकारी सुर्यप्रसाद अर्याल । अर्यालले रातोपाटीसँग भने, ‘आयोगको बैठकले निर्णय गर्ने हो, त्यसका लागि बैठक बसिरहेको छ । सम्भवत आज वा भोलि नै टुङ्गिएला ।’

आयोगलाई भनिसकेका छौँ: गुरुङ

नेपाल कम्युनिष्ट पार्टीले आयोगमा दल दर्ता गर्ने जिम्मेवारी नेताद्धय सुवासचन्द्र नेम्वाङ र देव गुरुङले पाएका छन् ।

यसअघिको संसदीय दलको बैठकले नेम्वाङ र गुरुङलाई यो जिम्मेवारी दिएको हो ।

त्यसमध्येका नेता देव गुरुङले दल दर्ता प्रकृयामै रहेको बताए ।

उनले सवै कागजात र प्रकृया पुर्याएर आयोगमा नामहरु पठाएकाले चाडै निर्णय आउनेमा आफु विश्वस्त रहेको सुनाए ।

‘३३ प्रतिशतका विषयमा हामीले आयोगलाई प्रश्ट भनिसकेका छौ । महाधिवेशमा त्यो संख्या पुग्छ । अहिले तदर्थ समिति मात्रै भएकाले अड्काउन मिल्दैन । यसवारे हामीले आयोग पदाधिकारीसँग पनि छलफल गरिसकेका छौ’ गुरुङले रातोपाटीसँग भने ।

प्रतिक्रिया दिनुहोस
बाढीपहिरोमा मृत्यु हुनेको संख्या २३३ पुग्यो

    यही असोज १२ गते आएको बाढीपहिरामा परी २३३ जनाको मृत्यु भएको

दशैंको टीकाको साइत असोज २६ गते ११:३६ बजे

    नवरात्र भनेरसमेत चिनिने दशैं नौ रात र दश दिनको हुने गरेकामा

बडादशैं सुरु, घटस्थापनाको साइत आज ९:१६ बजे

    प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने यस वर्षको बडादशैं आजदेखि

प्रधानन्यायधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन

     प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन भएको छ । बुधवार बसेको संसदीय