क्याप्टेनको सुटिङमा अनमोललाई चिसोले हैरान



हाम्रो इकोनोमि

अभिनेता अनमोल केसी क्याप्टेन फिल्मका लागि मिहिनेत गरिरहेका छन् । यो फिल्मको छायांकन फरक फरक लोकेशनमा भैरहेको छ । यसैले पनि अनमोल कहिले यता त कहिले उता दौडिरहेका छन् । फिल्मको एउटा रोमान्टिक गीतको छायांकन मुस्ताङमा गरिएको छ । मुस्ताङमा ५ दिन गीत खिचेर फिल्मको यूनिट काठमाण्डौ फर्किएको छ ।

तर, फिल्मको रोमान्टिक गीतको छायांकन गर्न गएका अभिनेता अनमोल केसीलाई भने चिसोले हैरान बनाएछ । रोमान्टिक लोकेशनमा अनमोल चिसोले कायल भएका छन् । यसैले पनि उनले मुस्ताङको चिसोमा ब्ल्याङ्केटको साहारा भन्दै फोटो पोष्ट गरेका छन् । अनमोल जस्तोसुकै अवस्थामा पनि कानमा हेडफोन भने छाड्दैनन् । अरु बेलामा चिसोले ओइलिएपनि हिरोइनसँग रोमान्टिक हुने बेलामा रोमान्टिक हिरोले बाक्लो ब्ल्याङ्केट त ओडेननन् होला ?

दिवाकर भट्टराइले निर्देशन गरिरहेको यो फिल्ममा उपासना सिंह ठकुरी र प्रियंका एमभी अनमोलको जोडीको रुपमा छन् । अनमोल यो फिल्ममा फुटबल खेलाडीको भूमिकामा देखिदैछन् ।

प्रतिक्रिया दिनुहोस
मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...

हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...