ओलीले अर्कै पार्टीकालाई मन्त्री बनाएर मन्त्रालयमा सौता पठाए पछी स्वास्थ्य राज्यमन्त्री तनाबमा



हाम्रो इकोनोमि

झण्डै साढे दुई महिना स्वास्थ्य मन्त्रालयको नेतृत्व गरेकी स्वास्थ्य राज्यमन्त्री पद्मा अर्याल अहिले भूमिकाविहीन बनेकी छन् । गत शुक्रबार संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव स्वास्थ्य मन्त्री बनेर आएपछि राज्यमन्त्री अर्याल भूमिकाविहीनजस्तै छिन् ।

गत शुक्रबारबाट जिम्मेवारी सम्हालेका उपप्रधान तथा स्वास्थ्यमन्त्री यादव र राज्यमन्त्री अर्यालबीच मन्त्रालयको यसअघिको कामका विषयमा मात्रै छलफल भएको छ । मन्त्री अर्यालले सोमबार उपप्रधान तथा स्वास्थ्य मन्त्री यादवलाई मन्त्रालयमा भइरहेका काम, आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रमका विषयमा ब्रिफिङ गरेकी थिइन् ।

मन्त्री नहुँदा मन्त्रालयको सम्पूर्ण जिम्मेवारी सम्हाल्दै आएकी राज्यमन्त्री आर्यललाई स्वास्थ्यमन्त्री आएपछि कुनैपनि जिम्मेवारी दिइएको छैन । मन्त्री यादवले स्वास्थ मन्त्रालयमा कार्यभार सम्हालेपछि दैनिक काम उनैले गरेका छन् ।

राज्यमन्त्री अर्याललाई प्रधानमन्त्री केपी शर्मा ओलीले अन्य मन्त्रालयको जिम्मेवारी दिने आश्वासन दिएका छन् । तर स्वास्थ्य मन्त्रालयमा यादव आएपछि प्रधानमन्त्री र राज्यमन्त्री अर्यालबीच विभिन्न कार्यक्रममा भेटवार्ता भएको भएपनि त्यस विषयमा कुनै छलफल नभएको बताइएको छ ।

राज्यमन्त्री अर्याल यतिबेला प्रधानमन्त्री ओलीले नयाँ जिम्मेवारी दिने आशमा बसेकी छन् । उनले आफ्नो नयाँ जिम्मेवारीको विषयमा कुनै कुरा नभएको बताइन् ।

‘अहिलेसम्म मेरो नयाँ जिम्मेवारी के हुने भन्ने छलफल भएको छैन,’ स्वास्थ्यराज्य मन्त्री अर्यालले भनिन्, ‘म उहाँहरूकै कार्यकता हुँ, आफ्नो कार्यकर्तालाई कहीँ न कहीँ त व्यवस्थापन गर्नुहोला नि ! पार्टीले जहाँ जिम्मेवारी दिन्छ, त्यहीँ काम गरिन्छ ।’

स्वास्थ्य मन्त्रालयमा आफ्नो जिम्मेवारी खोसिएपछि राज्यमन्त्री अर्यालले स्वास्थ्यका विषयमा कुनै प्रतिक्रिया नदिने बताइन् । ‘स्वास्थ्य मन्त्रालयमा नयाँ मन्त्रीज्यू आउनुभएको छ, अब म स्वास्थ्य मन्त्रालयको विषयमा केही बोल्दिनँ,’ उनले भनिन् ।

गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा चुनावमा अर्यालले स्याङ्जाबाट प्रत्यक्ष चुनाव जितेकी थिइन् । उपप्रधानमन्त्री समेत रहेका कांग्रेस नेता गोपालमान श्रेष्ठलाई चुनावमा पराजित गरेपछि चर्चामा आएकी अर्याल ओलीको मन्त्रिपरिषद्‌मा परेकी थिइन् । अर्याल पार्टी एकीकरण हुनुअघि तत्कालीन नेकपा एमालेकी जिल्ला अध्यक्ष समेत थिइन् ।

प्रतिक्रिया दिनुहोस
लोकप्रियतावादको भ्रमबाट मुक्त हुन एमालेको आह्वान

  नेकपा एमालेले तीव्र आर्थिक वृद्धि, सामाजिक न्याय, सुशासन, पारदर्शिता र राष्ट्रिय स्वाभिमानको...

हिमाली क्षेत्रमा पनि फागुन २१ गते नै निर्वाचन हुन्छ : प्रधानमन्त्री

    प्रधानमन्त्री सुशीला कार्कीले हिमाली जिल्लामा पनि फागुन २१ मै निर्वाचन हुने...

साँखुमा बस दुर्घटना, २० जना बढी घाइते

    जहरसिंह पौवाबाट काठमाडौं तर्फ आउँदै गरेको बस साँखुमा दुर्घटना हुँदा २०...

२३ र २४ गतेको घटना योजनाबद्ध थियो : डा. राजन भट्टराई

    नेकपा एमालेका सचिव तथा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधि...