प्रधानमन्त्रीको चीन भ्रमणमा यस्तो नयाँ सम्झौता हुने भट्टराईले खुलाए,चीनको अनुदानमै काठमाडौंमा रेल आउने



नेकपाका नेता एवम् परराष्ट्र मामिलाका जानकार डा. राजन भट्टराईले केरुङबाट काठमाडौंसम्म ल्याउने भनिएको रेल चीनीयाँ अनुदानमै बनाउनेबारे कुराकानी भैरहेको स्पष्ट पारेका छन् ।

मंगलबार रिपोर्टर्स क्लब नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको पूर्व सन्ध्यामा आयोजना गरेको साक्षात्कारमा बोल्दै भट्टराईले यस्तो खुलासा गरेका हुन् । उनले भने,‘केरुङ–काठमाडौं रेल चीनले अनुदान दिए बन्छ, हाम्रो प्रधानमन्त्रीले पनि पटक पटक भनिसक्नुभएको छ कि हामी आन्तरिक स्रोतले बनाउन सक्ने अवस्थामा छैनौं, त्यसैले चीनले अनुदानमा बनाईदिएमात्रै काठमाडौंमा रेल आउँछ।’

साक्षात्कारमा नेता भट्टराईले वर्तमान प्रधानमन्त्री ओली दुई वर्षअघि प्रधानमन्त्री हुँदा चीनसँग भएका रेलदेखि तेलसम्मका १० बुँदे सम्झौताहरुलाई कार्यान्वयनमा लैजान यसपटक प्राथमिकता दिईने जानकारी दिए ।
चीनसँग भएका पारवाहन तथा यातायात सन्धि, रेल, उत्तर–दक्षिण राजमार्ग, क्रस–बोर्डर टा«न्समिसन र आर्थिक लगानी तथा द्धिपक्षीय व्यापार लगायतलाई अब दु्रत गतिमा कार्यान्यवन गर्न चीनीयाँ पक्षसँग कुरा गरिने उनले जनाए ।

उनले भने,‘यसअघि चीनसँग भएका सम्झौताहरु कार्यान्वयन हामीले सोचेजस्तो भएन, जुन गतिमा सम्झौता कार्यान्वयन हुनुपर्नेथियो त्यो हुन सकेन, यसमा हाम्रै आन्तरिक कारणहरु छन्, बीचमा तीन चरणका निर्वाचनहरु भए, अब हामीसँग राम्रो वातावरण बनेको छ, कम्तिमा पनि ५ वर्षको लागि स्थिर सरकार छ, अब विगतमा भएका सबैखाले सहमति तथा सम्झौताहरु कार्यान्वयनमा लैजानुपर्छ, यो राम्रो अवसर हो।’ उनले प्रधानमन्त्रीको आसन्न चीन भ्रमणमा नयाँ सम्झौताहरु हुनेपनि जनाए ।

विगतमा भएका सहमतिको कार्यान्वयन र नेपालमा विदेशी लगानी भित्र्याउनको लागि सरकारले नीतिगत स्थायित्वको विश्वास दिलाउन सक्नुपर्ने बताउँदै नेता भट्टराईले भने,‘अहिले सरकार यसैको आन्तरिक गृहकार्यमा जुटेको छ, चीन भ्रमणको क्रममा नेपालमा लगानी भित्र्याउन हामीले विश्वासको वातावरण बनाउनुपर्छ।’

भट्टराईले विश्वमै सबैभन्दा बढि प्रत्यक्ष वैदेशिक लगानी (एफ.डि.आई) गर्ने देश चीन भएकोले नेपालले पनि चीनीयाँ लगानी भित्र्याउन यो भ्रमणलाई महत्वपूर्ण अवसर बनाउनुपर्ने बताए ।

उनले भने,‘हामीले यो भ्रमणबाट सन्देश दिने कुरा भनेको नेपालमा राजनीतिक स्थायित्वसँगै नीतिगत स्थायित्व पनि छ भनेर आश्वस्त पार्नुपर्छ, हामीलाई रेल, विद्युत चाहिएसँगै पर्यटक भित्र्याउने र कृषिलाई आधुनिकीकरण गर्ने हो, अब यी क्षेत्रमा हामीले चीनीयाँ सहयोग लिनुपर्छ।’

त्यस्तै उनले नेपालको कृषि क्षेत्रलाई आगामी दिनमा सेवामूलक क्षेत्रको रुपमा विस्तार गर्न तत्कालिन, अल्पकालिन, मध्यकालिन र दिर्घकालिन योजनाहरु बनाउनुपर्ने बताए । उनले भने,‘यसको गर्न सकियो भने विदेश पलायन हुने युवाहरुलाई स्वदेशमै रोजगारी दिने र विदेश गएका युवाहरुलाई पनि फर्काउन सकिन्छ।’

फरक प्रसँगमा उनले प्रधानमन्त्रीको आसन्न भ्रमणमा चीनले नेपाललाई कति सहयोग प्रदान गर्छ भन्ने कुरा अहिले नै एकिन नभएको स्पष्ट पारे । उनले भने,‘कति रकम सहयोग गर्छ वा गर्दै भन्ने कुरामा हामीले अपेक्षा राखेका छैनौं, हाम्रो त कनेक्टिभिटीमा जोड छ, केरुङबाट काठमाडौं रेल ल्याउनेदेखि बिरगन्जबाट काठमाडौं रेल ल्याउ हामी दुवै देशबाट अनुदानमै यी रेल बनुन् भन्ने पक्षमा छौं।’

उनले आफूहरुको पहिलो प्राथमिकतामा विदेशी अनुदान त्यसपछि सफ्ट लोन र त्यसपछिमात्रै नाफामूलक क्षेत्रमा लगानी गर्न चल्तीको व्यवसायिक ऋण लिने रहेको स्पष्ट पारे ।

नेपालमा चीन लगानी गर्न आँतुर रहेको सुनाउँदै नेता भट्टराईले भने,‘हामीले आन्तरिक रुपमा नीतिगत स्थायित्वबारे आश्वस्त पार्न सक्नुपर्छ, चूस्त नीति अपनाउँनुपर्छ, र एक द्धार नीति अनुसार आकर्षक प्रस्तावहरु पेश गर्नुपर्छ, नेपालमा वैदेशिक लगानीको प्रशस्त संभावना छ।’

त्यस्तै नेपाल–भारत प्रवुद्ध समूह (ईपिजी) का नेपाल तर्फका सदस्य समेत रहेका नेता भट्टराईले ईपिजीको अन्तिम बैठक यही जुन २९ र ३० मा काठमाडौंमा बस्ने जनाए ।

उनले भने,‘हाम्रो तर्फबाट हामीले सबै प्रतिवेदन टुँगो लगाएका छौं, अब भारतीय पक्षले छलफल गरिरहेको छ, मलाई लाग्छ यो बैठक नै अन्तिम बैठक हुनेछ, यदि भएन भने पनि दोस्रो अन्तिम बैठक हुन्छ, यही बैठकबाट हामी दुवै देशका प्रधानमन्त्रीलाई एउटै प्रतिवेदन बनाएर बुझाउँछौं।’

१९५० को सन्धिमा पनि धेरै विषयहरु मिलिसकेको उनले स्पष्ट पारे । उनले थपे,‘अब अलिकति जोडकोण मिलाउनुपर्छ।’

प्रतिक्रिया दिनुहोस
बाढीपहिरोमा मृत्यु हुनेको संख्या २३३ पुग्यो

    यही असोज १२ गते आएको बाढीपहिरामा परी २३३ जनाको मृत्यु भएको

दशैंको टीकाको साइत असोज २६ गते ११:३६ बजे

    नवरात्र भनेरसमेत चिनिने दशैं नौ रात र दश दिनको हुने गरेकामा

बडादशैं सुरु, घटस्थापनाको साइत आज ९:१६ बजे

    प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने यस वर्षको बडादशैं आजदेखि

प्रधानन्यायधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन

     प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन भएको छ । बुधवार बसेको संसदीय