लडाकू विमान दुर्घटनाग्रस्त,४ सैनिक ठहरै



हाम्रो इकोनोमि

भारतीय हवाई सेनाको एक लडाकू विमान पश्चिम भारतीय राज्य गुजरातमा मङ्गलबार दुर्घटनामा परेको जानकारी दिइएको छ । भारतीय हवाई सुरक्षा बलको सो विमान दुर्घटनामा परी विमान चालकको मृत्यु भएको रक्षा मन्त्रालयको समाचार स्रोतले मङ्गलबार जानकारी दिएको छ ।

जामनगर वायु शिविरबाट उडान भरेको केही मिनेटमा नै सो दुर्घटना भएको बताइएको छ । गुजरातको स्थानीय अदालतले यस दुर्घटनाको अनुसन्धान गर्न आदेश दिएको छ । यस विमानमा रहेका एकजना विमान चालकको मृत्यु भएको छ । उनको नाम सञ्जय चौहान रहेको अधिकारीहरुले जनाएका छन् ।

यस वर्षमा भारतीय हवाई बलका विमान पटक पटक दुर्घटनामा परेका छन । गत अप्रिलमा उत्तराखण्ड राज्यमा एम १७ हेलिकोप्टर दुर्घटना भएको थियो तर यसमा सवार भएका ६ जना यात्रु नै बाँचेका थिए ।

त्यसैगरी भारतको पूर्वी राज्य उडिसामा गत मार्चमा एक विमान दुर्घटना भएको र यसमा विमान चालक घाइते भएका थिए । गत फेब्रुअरीमा भारतीय उत्तरपूर्वी राज्य असामको मजुली द्वीपमा वायु बलको एक हेलिकोप्टर दुर्घटना हुँदा दुई जना चालकको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...