लडाकू विमान दुर्घटनाग्रस्त,४ सैनिक ठहरै



हाम्रो इकोनोमि

भारतीय हवाई सेनाको एक लडाकू विमान पश्चिम भारतीय राज्य गुजरातमा मङ्गलबार दुर्घटनामा परेको जानकारी दिइएको छ । भारतीय हवाई सुरक्षा बलको सो विमान दुर्घटनामा परी विमान चालकको मृत्यु भएको रक्षा मन्त्रालयको समाचार स्रोतले मङ्गलबार जानकारी दिएको छ ।

जामनगर वायु शिविरबाट उडान भरेको केही मिनेटमा नै सो दुर्घटना भएको बताइएको छ । गुजरातको स्थानीय अदालतले यस दुर्घटनाको अनुसन्धान गर्न आदेश दिएको छ । यस विमानमा रहेका एकजना विमान चालकको मृत्यु भएको छ । उनको नाम सञ्जय चौहान रहेको अधिकारीहरुले जनाएका छन् ।

यस वर्षमा भारतीय हवाई बलका विमान पटक पटक दुर्घटनामा परेका छन । गत अप्रिलमा उत्तराखण्ड राज्यमा एम १७ हेलिकोप्टर दुर्घटना भएको थियो तर यसमा सवार भएका ६ जना यात्रु नै बाँचेका थिए ।

त्यसैगरी भारतको पूर्वी राज्य उडिसामा गत मार्चमा एक विमान दुर्घटना भएको र यसमा विमान चालक घाइते भएका थिए । गत फेब्रुअरीमा भारतीय उत्तरपूर्वी राज्य असामको मजुली द्वीपमा वायु बलको एक हेलिकोप्टर दुर्घटना हुँदा दुई जना चालकको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...