विज्ञापन दिएर नतिर्नेलाई समयमा काम नगर्ने ठेकेदारलाई झैँ पाता फर्काइन्छ : मन्त्री बाँस्कोटा



हाम्रो इकोनोमि

नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारी सञ्चार माध्यममा विज्ञापन दिएर वर्षाैंसम्म भुक्तानी नदिनेलाई कारवाही गर्न निर्देशन दिएका  छन्  ।

सिंहदरबारस्थित मन्त्रालयमा जेठ २१ गते  पद बहालीपछि आयोजित कार्यक्रममा  मन्त्री बाँस्कोटाले नेपाल टेलिभिजन, रेडियो नेपाल र गोरखापत्र संस्थानका विज्ञापनको बक्यौता उठ्नुपर्ने रकम तत्काल उठाउन र वर्षौंसम्म बेरुजु नराख्न निर्देशन दिएका हुन् ।

मन्त्री बाँस्कोटाले भने, “विज्ञापन दिएर नतिर्नेलाई समयमा काम नगर्ने ठेकेदारलाई झैँ पाता फर्काइन्छ । सुशासनमा कुनै सम्झौता हुँदैन । अनुगमनको नाममा छड्के गरेर तस्वीर छपाउने पक्षमा म छैन ।

त्यो काम प्राविधिक समूहले गर्छ । मलाई कसले कहाँ के गरेको छ, सबै सूचना आएको हुन्छ । मैले गर्नुपर्ने कारवाही टेबुलबाटै गर्छु । गल्ती गरेमा मेरै पार्टी निकट छ भने पनि कारवाही हुन्छ ।”

 

काठमाडौँ उपत्यकाकै कतिपय स्थानमा नेपाल टेलिकमको टावर नटिप्ने समस्या कायमै रहनु र सूचना विभागको नयाँ डायरी जेठ तेस्रो सातासम्म पनि प्रकाशन नहुनुले कामको प्रभावकारिता नदेखिएको मन्त्री बाँस्कोटाले बताए  ।

यसअघि सोही मन्त्रालयमा राज्यमन्त्री रहेका बाँस्कोटा २०७५ जेठ १८ गते  शुक्रबार मन्त्रीमा नियुक्त भएका हुन्।

मन्त्री बाँस्कोटालाई सचिव महेन्द्रमान गुरुङ र मातहतका निकायका प्रमुखहरुले स्वागत गरेका थिए  ।

प्रतिक्रिया दिनुहोस
केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...

रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

  उच्च अदालत बुटवलले रास्वपा सभापति तथा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई...