अब देश प्रत्यक्ष निवार्चित कार्यकारी राष्ट्रपतीमा जान्छ, मलाई प्रधानमन्त्री होईन कार्यकारी राष्ट्रपती बन्ने मन छ प्रचण्ड



नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले नेपालमा पनि प्रत्यक्ष निवार्चित कार्यकारी राष्ट्रपतीका विषयमा शिर्ष नेताहरु बीच सहमतिको संकेत देखिएको बताएका छन्।  अब देश प्रत्यक्ष निवार्चित कार्यकारी राष्ट्रपतीमा जान्छ, मलाई प्रधानमन्त्री होईन कार्यकारी राष्ट्रपती बन्ने  मन छ प्रचण्डले भन्नुभयो ।

नेपाल पत्रकार महासंघ प्रदेश ४ ले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले वर्तमान शासकीय परिवर्तन कार्यमा प्रणालीमा शीर्ष नेताहरु बीच एक प्रकारको ‘अन्डरस्टा्ण्डिङ्ग’ भएको संकेत गरेका हुन्।

उनले प्रत्यक्ष निवार्चित राष्ट्रपतिको पक्षमा जनताको बीचमा पनि यस विषयमा छलफल र बहस हुनुपर्ने बताए। अध्यक्ष प्रचण्डले एमाले–माओवादीको पार्टी एकताले अन्तराष्ट्रिय हिसावमै धरापमा परेको कम्युनिष्ट आन्दोलनलाई जोगाएको बताएका छन्।

विश्वबाटै हराउन लागेको कम्युनिष्ट आन्दोलनलाई नेपालको पार्टी एकीकरणले नयाँ तरंग पैदा गराएको बताए। उनले भने–‘हाम्रो एकीकरणले कम्युनिष्ट आन्दोलनको भविष्य उज्वल छ भन्ने सन्देश गएको छ, यो ठूलो अवसर हो, सँगै सँगै ठुलो जिम्मेवारी र चुनौति पनि पैदा गरेको छ।’

उनले अव राजनीतिक कारणले विकास नरोकिने दावी गरे। दाहालले भने ‘राजनीतिक कारणले समृद्धी र विकास भएन भन्ने ठाउँ अब आउने छैन ।’ उनले एकीकरण पश्चात नयाँ युगमा प्रवेश गरेको बताए। उनले भने ‘यो चुनौतीको पहाडलाइ आत्मसात गरेर अगाडि बढ्न नसके त्यसले फ्रस्ट्रेसन ल्याउने खतरा भएको बताए।’

उनले पार्टि एकिकरणसँगै मुलुकमा अस्थिरताको अन्त्य भएर स्थायी सरकारको चर्चा चारैतिर फैलिएको बताए। प्रचण्डले संविधान संशोधन लगायत केही सहमति गरेर फोरमलाई पनि सरकारमा सामेल गराउने तयारी भैरहेको बताए।

कार्यक्रम पत्रकार महासंघ प्रदेश नं ४ का अध्यक्ष त्रिभुवन पौडेलको सभाअध्यक्षमा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस
बाढीपहिरोमा मृत्यु हुनेको संख्या २३३ पुग्यो

    यही असोज १२ गते आएको बाढीपहिरामा परी २३३ जनाको मृत्यु भएको

दशैंको टीकाको साइत असोज २६ गते ११:३६ बजे

    नवरात्र भनेरसमेत चिनिने दशैं नौ रात र दश दिनको हुने गरेकामा

बडादशैं सुरु, घटस्थापनाको साइत आज ९:१६ बजे

    प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने यस वर्षको बडादशैं आजदेखि

प्रधानन्यायधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन

     प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन भएको छ । बुधवार बसेको संसदीय