जंगी अड्डामा अचानक प्रधानमन्त्री, काठमाडौं–तराई प्रवेशमार्ग सडक रक्षामन्त्री संयोजक रहेको टोलीले सडक अनुगमन गर्ने



हाम्रो इकोनोमि

सेनाले निर्माण गरिरहेको द्रुत मार्गको प्रगति अनुगमनमा राजनीतिक नेतृत्व र निजामती कर्मचारीको उपस्थिति रहने गरी कार्यविधि परिवर्तन गरिएको छ ।

पुरानो कार्यविधिमा सेनाबाहेकको सहभागिता फितलो रहेको भन्दै सेना र रक्षा मन्त्रालयले तयार गरेको ‘काठमाडौं–तराई प्रवेशमार्ग सडक आयोजना सञ्चालन कार्यविधि २०७५’ आइतबार मन्त्रिपरिषद्ले स्वीकृत गरेको हो ।

अब रक्षामन्त्री संयोजक रहेको टोलीले सडक अनुगमन गर्नेछ । टोलीमा निर्माणसँग सम्बन्धित मन्त्रालयका प्रतिनिधि र प्रधानसेनापति रहनेछन् । निर्देशक समितिमा पनि निजामती कर्मचारीको सहभागिता बढाइने भएको छ । सेनाले चार वर्षभित्र द्रुतमार्ग बनाइसक्ने बताउँदै आएको छ । यसअघि चार वर्ष भनिएकोमा एक वर्ष थप भइसकेको छ ।
प्रधानमन्त्री केपी ओली आइतबार साँझ अचानक जंगी अड्डा पुगे । उनी त्यहाँ पुग्ने जानकारी पाएपछि रक्षा तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल पनि जंगी अड्डा पुगेका थिए ।

सूचना निर्देशनालयले जंगी अड्डामा प्रधानमन्त्री र रक्षामन्त्रीको आगमन भएको स्विकारे पनि अन्य विषयमा अनभिज्ञता प्रकट गरेको छ । स्रोतले पृतनापति भेलापछिको अवस्थाबारे जानकारी दिन प्रधानमन्त्री र रक्षामन्त्रीलाई जंगी अड्डा निम्त्याइएको बताएको छ ।,

प्रतिक्रिया दिनुहोस
चितवन १ मा एमालेका दावा दोर्जे लामाको अग्रता

    चितवन १ मा रास्वपाका हरि ढकाल पछि परेका छ । पछिल्लो...

खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...