यस्ता-यस्ता गम्भीर निर्णय गर्दै मन्त्रिपरिषद्को बैठक सकियो



हाम्रो इकोनोमि

सरकारले बिमस्टेकको चौथो शिखर सम्मेलन भदौमा आयोजना गर्ने भएको छ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले बिमस्टेकको सम्मेलन भदौ १४ र १५ वा २१ र २२ नेपालमा गर्न सदस्य राष्ट्रहरुलाई प्रस्ताव गर्ने निर्णय गरेको हो। शिखर सम्मेलनका लागि आवश्यक उपसमितिहरु बनाइने निर्णय समेत गरिएको छ।

यस्ता छन् मन्त्रिपरिषद्का अन्य निर्णय:
– जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन, सीमा प्रशासन कार्यालय, अध्यागमन कार्यालय, कारागार कार्यालयका संगठन संरचना र दरबन्दी स्वीकृत गरियो। यसले ती कार्यालयहरुमा कामहरु अघि बढाउन सहज हुनेछ।

– प्रशासकीय अदालत सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदमा पेश गर्ने।

– बिमस्टेकको चौथो शिखर सम्मेलन भदौ १४ र १५ वा २१ र २२ नेपालमा आयोजना गर्न सदस्य राष्ट्रहरुलाई प्रस्ताव गर्ने। त्यसका लागि आवश्यक उपसमितिहरु बनाइने।

– काठमाडौं-तराई प्रदेश द्रुत मार्ग सडक आयोजना सञ्चालन कार्यविधि २०७५ स्वीकृत। सडक निर्माणको काम छिटो सम्पन्न गर्न समितिहरुलाई निर्देशन दिने तथा नियमन र अनुगमन जारी राख्ने।

– कृषि जैविक विविधता संरक्षण तथा सदुपयोग सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने।

– गत बैसाखमा सुरु गरिएको विद्यार्थी भर्ना अभियानबाट अहिलेसम्म विद्यालय आउन नसकेका ३ लाख १३ हजार बालबालिकामध्ये ६९ हजार बालबालिका मात्र विद्यालय बाहिर छन्। २ नम्बर प्रदेशमा सबैभन्दा बढी बालबालिका विद्यालय बाहिर रहेको पाइयो। त्यसैले दोस्रो चरणको अभियान सुरु गर्ने र विद्यार्थीलाई विद्यालयसम्म पुर्यााउने वातावरण बनाउने।

प्रतिक्रिया दिनुहोस
पर्सा जिल्ला अदालत पुगेर रवि लामिछानेले तारेख बुझे

     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पर्सा जिल्ला अदालत...

७४ अंक घट्यो सेयर बजार

    बुधबार सेयर बजारको परिसूचक नेप्से ७४.७३ अंक घटेको छ । सो...

मार्चमा भित्रिए एक लाख २० हजारभन्दा बढी पर्यटक

    सन् २०२६ को मार्चमा १ लाख २० हजार ५१६ जना विदेशी...

सभामुखको निर्वाचन यही चैत २२ गते

     प्रतिनिधिसभाको सभामुखको निर्वाचन यही चैत २२ गते हुने भएको छ ।...