१ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईलाई बम बिष्फोटबाट बचाउने असईको यसरी भयो बढुवा,यस्तो थियो घटना



हाम्रो इकोनोमि

प्रदेश १ का मुख्यमन्त्री तथा नेकपाका केन्द्रीय नेता शेरधन राईलाई लक्षित गरी गत कार्तिक २८ मा भएको बम आक्रमणमा उनलाई जोगाउने प्रहरी सहायक निरीक्षक डिल्लीबहादुर देवकोटा प्रहरी नायब निरीक्षकमा बढुवा सिफारीस भएका छन्।

प्रहरी प्रधान कार्यालयमा बसेको पुलिस कोअर्डिनेशन कमिटी(पिसिसि) को आईतबार बसेको बैठकले असई देवकोटालाई सईमा बढुवा सिफारिसगर्ने निर्णय गरेको हो। पिसिसि बैठकले बिशेष जोखिमपूर्ण कार्य गर्ने प्रहरी अधिकारीहरुको बढुवा सिफारिस गर्न सक्ने कानूनी प्रावधान छ।

यस्तै डोल्पाको दुर्गम कालागौडा प्रहरी चौकीमा कार्यरत प्रहरी जवान भक्तबहादुर थापा हवल्दारमा बढुवा सिफारिस भएका छन्। थापाले चौकीमा बिरामी भएका आफ्ना साथी दलबहादुर थापालाई रातको समय पाँच घण्टा पिठ्युमा बोकेर स्वास्थ्य चौकी पुर्याएका थिए।

प्रहरी प्रवक्ता वरिष्ठ उपरीक्षक शैलेस थापा क्षेत्रीले पिसिसि बैठकले असई देवकोटा र प्रहरी जवान थापालाईसई र प्रहरी हवल्दारमा बढुवा सिफारिस गरेको बताए। उनले सिफारीस भएका प्रहरी अधिकारीको बढुवा समितिले बढुवा निर्णयगर्ने जानकारी दिए।

‘विशिष्ट व्यक्तिको सुरक्षामा खटिएका देवकोटाले आफ्नो ज्यानको पर्वाह नगरी राईको सुरक्षा गरेको र थापाले साथीको ज्यान बचाउन रातको समय बिरामीलाई बोकेर स्वास्थ्य चौकी पुर्याएका थिए,’ एसएसपी क्षेत्रीले भने। उनका अनुसार थापाले बोकेर ल्याएका दलबहादुरको बाटोमै मृत्यु भए पनि थापाले उनको शब स्वास्थ्य चौकीसम्मै पुर्याएका थिए।

भोजपुरको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर ‘ख’ बाट तत्कालिन नेकपा एमालेका उम्मेदवार रहेका पूर्व सूचना तथा सञ्चारमन्त्री राई उपर नेकपा विप्लबका कार्यकर्ताले गत कार्तिक २८ मा बम आक्रमण गरेका थिए। राई चढेको गाडीलाई लक्षित गरि बम प्रहार भएपछि सुरक्षा गार्ड देवकोटाले २१ राउण्ड गोली प्रहार गरेका थिए। घटनामा देवकोटा घाईते भएका थिए।

भोजपुर सदरमुकामदेखि टेम्के मैयुँ गाउँपालिकाको कोटतर्फ चुनावी सभामा जाँदै गर्दा राई चढेको गाडीमा बम प्रहार गरिएको नेपालखबरले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस
चितवन १ मा एमालेका दावा दोर्जे लामाको अग्रता

    चितवन १ मा रास्वपाका हरि ढकाल पछि परेका छ । पछिल्लो...

खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...