लालबाबु पण्डितलाई धारे हात लगाएर गद्दार भन्दा तीन फिट उफ्रेर ताली बजाउने यी-यी हुन् ओलीका भक्त



हाम्रो इकोनोमि

आधिकारिक ट्रेड युनियनमा एमाले(हाल नेकपा) निकट नेपाल निजामती कर्मचारी संगठनको ५४ प्रतिशत बहुमत छ । अध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्ष सहित ११ सिटमा संगठनले जितेको छ । तर शनिबार कार्की बैंक्वेट बबरमहलमा भएको आधिकारिक ट्रेड युनियनको केन्द्रीय भेलामा नेपाली कांग्रेसनिकट नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष गोपालप्रसाद पोखरेलले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलाई गद्दार भनेर भाषण गर्दा तिनै संगठनबाट जितेका अध्यक्ष पुण्यप्रसाद ढकाल, उपाध्यक्ष भोलानाथ पोखरेल लगायतले परर्र ताली बजाएका थिए ।

आधिकारिक ट्रेड युनियनका महासचिव सुबोधकुमार देवकोटाले पनि मन्त्री पण्डितलाई गाली गर्दा ताली बजाउने संगठनबाटै प्रतिनिधित्व गर्नेहरु बढी थिए । केन्द्रीय भेलामा पूरै युनियन हावी भएको थियो । युनियनका नेताहरुले मन्त्री पण्डितलाई अशिष्ट गाली गर्दा आधिकारिक ट्रेड युनियनका अध्यक्ष ढकाल र पोखरेल हर्षविभोर हुँदै ताली बजाएको दृश्य हेर्नलायक रहेको एक केन्द्रीय सदस्यले बताएका छन् । उनले भने-संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री पण्डित र मुख्यसचिव लोकदर्शन रेग्मी पनि भेलामा नगएपछि कानुन मन्त्री शेरबहादुर तामाङलाई लगेर भेला उद्घाटन गराएका थिए ।
मन्त्री पण्डितले राष्ट्रिय ढुकुटी रित्तो पारेका कारण स्वेच्छिक अवकाश योजना स्थगित गरेपछि आधिकारिक ट्रेड युनियन उनको विरोधमा लागेको छ ।

मन्त्री पण्डितविरुद्ध डीभी पीआर लिनेहरुलाई जागिरबाट हटाउने निर्णयपछि नै केही कर्मचारी आक्रोसित छन् । पछिल्लो पटक ट्रेड युनियन शुद्धिकरणमा लागेका कारण पनि मन्त्री विरुद्ध ट्रेड युनियन आक्रोसित भएका छन् । त्यही प्रतिशोधकै कारण शनिबारको भेलामा युनियनका गोपाल पोखरेल र सुबोध देवकोटाले मन्त्री पण्डितलाई गद्दार भनी भाषण गरेका थिए । त्यसमा पुण्य ढकाल र भोला पोखरेलले ताली बजाएका थिए । संगठनका केही नेताहरु आफ्नै मन्त्री पण्डितविरुद्ध भाषण गर्दा ताली बजाउने नेताहरुको ताल देखेर चकित परेका थिए । केन्द्रीय भेला हो कि कांग्रेस निकट कर्मचारीहरुको हो भनेर छुट्याउनै गाह्रो पर्ने अवस्था थियो, भेलामा सहभागी एक संगठनबाट आधिकारिक ट्रेड युनियनमा प्रतिनिधित्व गर्ने नेताले भने ।

आधिकारिक ट्रेड युनियनले सरकारले दिएको बजेट सक्नका लागि आर्थिक बर्षको अन्तिममा प्रदेश भेला र केन्द्रीय भेला गरेको छ । केन्द्रीय भेलामा जम्मा ७७ जनामात्र उपस्थित थिए । जबकि आधिकारिक ट्रेड युनियनका ७७ जिल्लाका ५ जनाका दरले ३ सय ८५ जना हुन्छन् भने ३२ विभागीय समितिका ५ जनाका दरले १ सय ६० जना हुन्छन् । आधिकारिक ट्रेड युनियनका जिल्ला र विभागीय समितिका ५ जनाका दरले ५ सय ४५ जना हुन्छन् । तर केन्द्रीय भेलामा ७७ जना मात्र उपस्थित रहेका थिए ।

आधिकारिक ट्रेड युनियन नेतृत्वले ७७ जना भेला भएको बिल भने अपत्यारिलो पेश गरेको समाचार छ । प्रदेश र केन्द्रीय भेलाको बिल १ करोड ५० लाख रुपैयाँको पेश गरी भुक्तानी लिने प्रक्रिया सुरु गरेको समाचार छ । आर्थिक बर्ष समाप्त हुन लागेकाले प्रदेश र केन्द्रको भेला गरी बिल पेश गरी भुक्तानी लिने तयारी गरेका छन् । आधिकारिक ट्रेड युनियनका अध्यक्ष ढकालले बजेट सक्नका लागि यो भेला गरेको अपत्यारिलो बिल पेश गरेपछि पुष्टी भएको छ । फर्जी बिल बनाएर डेढ करोड भुक्तानी लिएको आरोप नेतृत्वमाथि छ । आधिकारिक ट्रेड युनियनका उपाध्यक्ष भोला पोखरेलले नै कार्यालयका लागि आवश्यक सामान चन्दा मागेर ल्याउने र त्यसको नक्कली बिल पेश गरेर अध्यक्ष ढकालले खाने गरेको भाषण नै गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...

रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

  उच्च अदालत बुटवलले रास्वपा सभापति तथा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई...