अब बर्षाको ‘बिर विक्रम २’ कुर्ने पालो



अभिनेत्री बर्षा सिवाकोटीले फिल्म ‘रानी महल’का लागि ७ महिना कुरेकी थिइन् । फिल्म बन्ने घोषणा हुँदा पनि बर्षा नै हिरोइन थिइन् । फिल्मको कथा मन परेकाले आफूले यति लामो समय कुरेको बर्षाले बताएकी थिइन् । बर्षाको यो पर्खाइ काम लागेन । उनले फिल्मको छायांकन सुरु हुने बेलामा फिल्म नै छाडिन् । अब, बर्षाले अर्को फिल्म कुर्नु पर्ने बेला आएको छ ।

उनले, मिलन चाम्सको निर्देशनमा बन्न लागेको फिल्म ‘बिर विक्रम २’ साइन गरिन् । यो फिल्म जेठबाट सुटिङ हुनुपर्ने हो । तर, मिलन चाम्सले अभिनेता अनमोल केसीलाई लिएर अर्को फिल्म बनाउन लागेपछि ‘विर विक्रम २’को छायांकन सरेको छ । अब, यो फिल्मका लागि बर्षाले महिनौ कुर्नु पर्ने भएको छ ।

फिल्ममा संझौता गरेपछि त्यसलाई कुर्नु पर्ने काम बर्षाको मात्र हो क्यारे । बर्षाले मिलनको फिल्मका लागि धेरै नै अफरलाई पनि टुक्राएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस
बागमतीका मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ, हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

  वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अस्वस्थ भएका छन् । उनलाई हेलिकप्टरमार्फत् काठमाडौं

५ करोडको घर दिएर राजेशपायलले पत्नीसँग गरे डिभोर्स

    आफ्नो वैवाहिक जीवन सधैँ गोप्य राखिरहेका  राजेशपायल राईले श्रीमती साङबुङ राईसँग

नियमन सम्भव नभएपछि टिकटक प्रतिबन्ध : सञ्चार मन्त्रालय

    सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जाल टिकटकका गतिविधि नियमन गर्न

दुर्गा प्रसाईँको अभियानमा आएका महिलामाथि दुर्व्यवहार

    दुर्गा प्रसाईंले काठमाडौंमा आयोजना गर्न लागेको कार्यक्रमका लागि उपत्यका बाहिरबाट आएका