अब बर्षाको ‘बिर विक्रम २’ कुर्ने पालो



हाम्रो इकोनोमि

अभिनेत्री बर्षा सिवाकोटीले फिल्म ‘रानी महल’का लागि ७ महिना कुरेकी थिइन् । फिल्म बन्ने घोषणा हुँदा पनि बर्षा नै हिरोइन थिइन् । फिल्मको कथा मन परेकाले आफूले यति लामो समय कुरेको बर्षाले बताएकी थिइन् । बर्षाको यो पर्खाइ काम लागेन । उनले फिल्मको छायांकन सुरु हुने बेलामा फिल्म नै छाडिन् । अब, बर्षाले अर्को फिल्म कुर्नु पर्ने बेला आएको छ ।

उनले, मिलन चाम्सको निर्देशनमा बन्न लागेको फिल्म ‘बिर विक्रम २’ साइन गरिन् । यो फिल्म जेठबाट सुटिङ हुनुपर्ने हो । तर, मिलन चाम्सले अभिनेता अनमोल केसीलाई लिएर अर्को फिल्म बनाउन लागेपछि ‘विर विक्रम २’को छायांकन सरेको छ । अब, यो फिल्मका लागि बर्षाले महिनौ कुर्नु पर्ने भएको छ ।

फिल्ममा संझौता गरेपछि त्यसलाई कुर्नु पर्ने काम बर्षाको मात्र हो क्यारे । बर्षाले मिलनको फिल्मका लागि धेरै नै अफरलाई पनि टुक्राएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस
हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...