तस्करीको ३३ किलो सुन लुट्ने छिरिङ्गले अदालत पुगेर यसरी गरे आत्मसमर्पण



हाम्रो इकोनोमि

सुन तस्करी र सनम शाक्य हत्याका फरार रहेका मुख्य नाइकेमध्ये एक डा.डेविट भन्ने छिरिङ्ग वाङगेल घलेले अदालतमा आत्मसमर्पण गरेका छन्। आइतबार जिल्ला अदालत मोरङमा उनी आफैं उपस्थित भएका हुन्।

उनलाई प्रहरीले फरार अभियुक्त बनाएर मुद्दा दायर गरेको थियो। घले यसअघि पक्राउ परेका भुजुङ गुरुङका भाञ्जा हुन्। अनुसन्धानको क्रममा उनी मुख्य लगानीकर्तामध्ये एक भएको खुलेको छ।
अर्का लगानीकर्ता मोहन अग्रवालसँग उनको विवाद भएको थियो। सोही कारण उनले नै सुन लुटेको आशंका गरिएको छ। जिल्ला अदालतमा उनको बयान सुरु भइसकेको छ।

सो समूहका चुडामणि उप्रेती ‘गोरे’ लगायतका व्यक्तिहरुले घलेले नै सुन लुटेको आंशका गरेका छन्। गत माघ ९ गते विमानस्थलबाट तस्करी भएको साढे ३३ किलो सुन पुरानो बानेश्वरबाट लुटिएको थियो। जुन सुन अहिलेसम्म भेटिएको छैन।
सोही सुन लुटेको आशंकामा सनम शाक्यको हत्या भएको थियो। शाक्य हत्याको अनुसन्धानमा भएको चलखेलको थप अनुसन्धान गर्ने क्रममा विगत ५ वर्षदेखि विमानस्थलबाट हुँदै आएको सुन तस्करीको रहस्य खुलेको हो।

फरार रहेका निलम्बित एसएसपी श्याम खत्रीले  बिहिबार आत्मसर्मपण गरेका थिए। उनलाई अदालतले पुर्पक्षका लागि जेल चलान गरिसकेको छ।

तस्करीमा संलग्न ३० जना जेल चलान भइसकेका छन्।

प्रतिक्रिया दिनुहोस
केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...

रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

  उच्च अदालत बुटवलले रास्वपा सभापति तथा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई...