प्रदेश २ का मुख्यमन्त्रीलाई हटाउन ओली र उपेन्द्रको भयो यस्तो सहमति,नेकपाका नेता बन्ने भए मुख्यमन्त्री



हाम्रो इकोनोमि

प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र उपप्रधान तथा स्वास्थ्यमन्त्री एवं संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवबीच प्रदेश २ को सत्ता समीकरण फेर्ने विषयमा आन्तरिक सहमति भएको छ ।

बालुवाटारनिकट उच्च स्रोतका अनुसार शनिबार अबेर राति दुई नेताबीच भएको समझदारी अनुसार मुख्यमन्त्री लालबाबु राउतलाई हटाएर नेकपाका नेता एवं तत्कालिन एमालेका संसदीय दलका नेता सत्यनारायण मण्डललाई मुख्यमन्त्री बनाउने सहमति भएको हो । यो सहमति केन्द्रको बजेट पारित तथा प्रदेशमा बजेट पठाएपछि कार्यान्वयनमा आउनेछ। त्यतिबेलासम्म भने राउत नै पदमा रहनेछन् ।

यो सहमतिसँगै राजपालाई सरकारबाट आउट हुने निश्चित भएको छ । अब प्रदेशमा नेकपा र फोरमको सरकार हुनेछ। केन्द्रमा पनि संविधान संशोधनको लिखित सहमति सहित फोरम सरकारमा सहभागी भइसकेको छ। यसैअनुसार प्रदेशमा पनि सहकार्यको वातावरण बनेको छ । नेकपाले मुख्यमन्त्री बनाउन लागेका सत्यनारायण मण्डल तत्कालिन एमालेका प्रदेश प्रमुख समेत थिए । उनी मधेसमा चर्चित व्यक्ति हुन् ।

प्रतिक्रिया दिनुहोस
चितवन १ मा एमालेका दावा दोर्जे लामाको अग्रता

    चितवन १ मा रास्वपाका हरि ढकाल पछि परेका छ । पछिल्लो...

खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...