एउटै उपकरण खरिदमा नौ करोडसम्म भ्रष्टाचार गर्ने वीर अस्पतालका हाकिमहरु धुर्मुस सुन्तली विरुद्ध किन खनिए?



हाम्रो इकोनोमि

अस्पतालहरुमध्य सबैभन्दा बढी अनियमितता हुने स्थान हो वीर अस्पताल । जहाँ एउटै उपकरण खरिदमा नौ करोडसम्म भ्रष्टाचार हुने गरेको भेटिएको छ । वीर अस्पतालमा कति धेरै भ्रष्टाचार हुने गरेको छ भन्ने जान्न केही अगाडि महालेखा परिक्षकको कार्यालयले सार्वजानिक गरेको प्रतिवेदन पल्टाए हुन्छ । महालेखा परिक्षकको कार्यालयको प्रतिवेदनले मात्र होइन । सार्वजानिक खरिद अनुगमनको् कार्यालयले केही महिना अगाडि वीर अस्पतालमा खरिद सम्बन्धी अनुगमन गर्दा त्यहाँ सबैभन्दा बढी अनियमितता हुने गरेको फेला परेको थियो । औषधि उपकरणदेखि मेसिनरी सामानहरुको खरिदमा वीर अस्पतालका हाकिमहरुको मिलेमतोमा अनियमियता हुँदै आएको छ ।

त्यहाँ अनियमितताको पराकाष्टा कतिसम्म छ भने उपकरणहरुको खरिद सिण्डिकेट छ । विशाल पण्डित लगायतका केही सीमित व्यक्ति बाहेक अरुले त्यहाँका टेण्डर पाँउदैनन् । धादिङे विशाल पण्डितका दाजुभाईले एक छब वीर अस्पतालको टेण्डरमा तर मार्दै आएका छन् । उनीहरुले वीर अस्पतालका हाकिमहरुलाई मिलाएर टेण्डर हत्याउदै आएका छन् । एउटा कम्पनी बाहेक अरुलाई प्रवेश गर्ने नदिई मिलेमतोमा करोडौं कुम्ल्याइदै आएका छ ।

यस्ता भ्रष्ट कर्मचारीहरुलाई केही निर्देशक,खरिद लगायतका आकर्षक ठाँउमा बसेर तर मार्न पल्किएका हाकिमहरुलाई वीर अस्पतालको सरसफाई  र रंग लगाउन  धुर्मुस सुन्तली खटिएको मन परेन । कारण उनीहरु आफैंले रंग रोगनको काम गर्न पाएको भए लाखौं कमिसन आफ्नै पोल्टामा पर्ने थियो ।

यही कमिसन चाख्न नपाएर  छटपटिएका त्यहाँका भ्रष्ट कर्मचारीहरु नै सामाजिक अभियन्ता धुर्मुस सुन्तली विरुद्ध मिडियाबाजी गर्दै बदनाम गराउन उद्धत रहेको भेटिएको छ । केही दिन अगाडि मात्र त्यहाँका एक जना निर्देशकले धुर्मुस सुन्तलीलाई काम मात्र लगाएको तर सबै खर्च अस्प्तालले बेहोरेको बताए पनि धुुर्मुसहरुले बैंक अफ काठमाडौंले दिएको एक लाख रुपैंया बाहेक अरु सहयोग अस्पतालबाट पाएनन् । रंग लगाउनै पर्ने थियो,काम लगाएकालाई पारिश्रमितका पनि दिनैपर्नै थियो ।

उनले सहयोगीहरुको हात खोजे । धुर्मुस सुन्तलीका कामको प्रंशशा गर्दै सहयोगीहरुले सहयोग पनि दिए । यो अवधीमा उनले जति सहयोग पाए आफ्नो आधिकारिक वेव पेजमा सबै सार्वजानिक गरिदिएका छन । धुर्मुस सुन्तली फाउन्डेसनको वेव पेज खोलेर हेर्ने हो भने त्यहाँ हालसम्म  स्वस्फुर्त सहयोग गर्नेहरुबाट हालसम्म १४ लाख ६४ हजार ८ सय ३५ रुपैयाँ संकलन गरिएको विवरण उल्लेख गरिएको छ । ८२ जना पेन्टरहरुलाई पारिश्रमिकता समेत जोड्ने हो भने ४८ लाख ६४ हजार १ सय ४४ खर्च भएको  धुर्मुसको भनाई छ । उनकै भनाईलाई आधार मान्ने हो भने धुर्मुस वीर अस्पताल सरसफाइ गर्दा झण्डै ३४ लाख ऋणमा छन् ।

तर उनै धुर्मुसमाथि  अस्पताल सरसफाइ र रंगरोगनमा लाग्दा अनियमितता गरेको आरोप लगाईयो । धुुर्मसले आफूले अहिलेसम्म एक रुपैंया अनियमितता गरेको प्रमाणित गर्न चुनौती दिएका छन् । अनियमितता  प्रमाणित भए आफू जुनसुकै सजाय भोग्न तयार रहेको धुुर्मुस बताँउछन् ।  भन्छन्, यदि एक रुपैयाँ तलमाथि गरेको प्रमाणित भए त्यसको एक दिन पनि म यो धर्तिमा एक रहन्न ।’

प्रतिक्रिया दिनुहोस
हिमाली क्षेत्रमा पनि फागुन २१ गते नै निर्वाचन हुन्छ : प्रधानमन्त्री

    प्रधानमन्त्री सुशीला कार्कीले हिमाली जिल्लामा पनि फागुन २१ मै निर्वाचन हुने...

साँखुमा बस दुर्घटना, २० जना बढी घाइते

    जहरसिंह पौवाबाट काठमाडौं तर्फ आउँदै गरेको बस साँखुमा दुर्घटना हुँदा २०...

२३ र २४ गतेको घटना योजनाबद्ध थियो : डा. राजन भट्टराई

    नेकपा एमालेका सचिव तथा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधि...

रास्वपाका केन्द्रिय नेताले पार्टी सदस्यताबाट दिए राजीनामा

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता प्रणय शमशेर राणाले पार्टी सदस्यताबाट...