दुई उप-प्रधानमन्त्री र दुई मन्त्रीले राष्ट्रपति बाट खाए सपथ,राज्यमन्त्रीको मन्त्रीमा भयो बढुवा



हाम्रो इकोनोमि

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा दुई उपप्रधानमन्त्री थपिएका छन् ।
संघीय समाजवादी फोरमलाई समेटेर सरकार विस्तार गर्ने क्रममा प्रधानन्त्री ओलीले दुई उपप्रधानमन्त्री बनाएका हुन् ।

रक्षामन्त्री ईश्वर पोखरेलको उपप्रधानमन्त्रीमा बढुवा भएको छ । यस्तै फोरम अध्यक्ष उपेन्द्र यादव उपप्रधान एवं स्वास्थ्यमन्त्री बनेका छन् । दुबैले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सपथ लिएका छन् ।

पोखरेलसँगै गृहमन्त्री रामबहादुर थापा बादलले उपप्रधानमन्त्री मागेका थिए । तर, ओलीले उपप्रधानमन्त्री नै नबनाउने अडान दिए । बादल तत्कालीन माओवादी र पोखरेल तत्कालीन एमालेबाट मन्त्री भएका थिए ।

अहिले दुबै दलबीच एकता गरेर नेपाल कम्युनिष्ट पार्टी बनेपछि पोखरेल मात्र उपप्रधानमन्त्री बनेका छन् ।

बास्कोटाको बढुवा

मो. इस्तियाक राईन र गोकुल बास्कोटाले मन्त्रीको सपथ लिएका छन् । राई संघीय फोरमबाट शहरी विकासमन्त्री बनेका हुन् । बास्कोटा भने मन्त्रिपरिषद्मा सहभागी हुन पाउने गरी सञ्चार राज्यमन्त्री थिए । तर, फोरमबाट मन्त्री थप्दा उनको पनि बढुवा भएको छ ।

प्रतिक्रिया दिनुहोस
चितवन १ मा एमालेका दावा दोर्जे लामाको अग्रता

    चितवन १ मा रास्वपाका हरि ढकाल पछि परेका छ । पछिल्लो...

खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...