रक्षा नेपाल नामको सस्था खोलेर युवती सप्लाई गर्ने मेनुका थापा यसरी पर्दैछिन फन्दामा,खोरमा जाक्ने तयारी



हाम्रो इकोनोमि

सामूहिक बलात्कारबाट पीडित रक्षा नेपालमा आश्रित किशोरी पूजा बोहोराले पत्रकार सम्मेलनमार्फत आफूले भोगेको पीडा र यातनाको पोल खोलेपछि संस्थाकी अध्यक्ष मेनुका थापाले आफूलाई चोखो सावित गर्न झुटो प्रपञ्च रचेकी छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंमा मेनुकाले कुटपिट गरी संस्थाबाट निकालिएकी पूजा बोहोरा र उनलाई आश्रय दिएका प्रदिप घिमिरे विरुद्ध खोजी गरी पाउँ भन्दै झुटो उजुरी हालेकी छन् ।

तर, परिसरमा विहिबार बोहोरा र उनकी साथी मानुषी शर्मा र घिमिरे आफै उपस्थित भएर उल्टै मेनुका विरुद्ध जाहेरी दिएपछि मेनुकाको झुटको खेती बाहिर आएको छ । प्रहरीले रक्षा नेपालाई बयानका लागि बोलाउँदा समेत मेनुका भने मोवाइल स्वीच अफ गरी फेसबुकमा स्टाटस पोष्ट गर्दै बसेकी छन् । मानुषी पनि पूजाका झैं संस्थाबाट निकालिएकी किशोरी हुन् ।

संस्थाकी अध्यक्ष मेनुकाले पत्रकार सम्मेलन मार्फत पूजालाई मानसिक सन्तुलन ठिक नभएको, उसको पछाडि कुनै व्यक्ति वा संस्था रहेको र उक्साहटमा सो कार्य गरेको आरोप लगाएर आफूलाई चोखी सावित गर्ने तयारी गरेको स्रोतले बतायो ।

मेनुकाले उल्टै फसाउन षड्यन्त्र गरेको थाहा पाएपछि पीडित पूजाले भनिन्,‘मलाई जे भने पनि फरक पर्दैन, म पुरै होसहवासमा छु । यदि मेरो अबस्था ठिक छैन भने मैले कसरी कोरियामा गोल्ड मेडल पाएँ ? कसरी मैले प्लस टु फस्ट डिभिजनमा पास गरे ? यि कुरा प्रमाणका रुपमा होलान् नि ।’

प्रहरीले बयानका लागि बाेलाउँदा समेत नगएकि संस्थाकी अध्यक्ष मेनुकाले अटेर गरेको खण्डमा उनलाई पक्राउ गर्ने तयारी समेत गरेको छ । पूजाको मोवाइल र फेसबुक समेत कब्जा गरी आफै चलाउँदै आएकी मेनुकामाथि साइबर क्राइममा समेत मुद्दा चल्ने अवस्था देखिन्छ । मेनुकाले संस्थामा आश्रीत अन्य बालबालीकाहरुको पनि फेसबुक र मोवाइल प्रयोग गरी दुरुपयोग गरेको यस अघि पूजाले पत्रकार सम्मेलन मार्फत बताएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस
केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...

रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

  उच्च अदालत बुटवलले रास्वपा सभापति तथा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई...