उपेन्द्र यादवले मन्त्री नबनाए पछी राजेन्द्र श्रेष्ठ डाको छोडेर पार्टी कार्यालयमा यसरी रोए



हाम्रो इकोनोमि

संघीय समाजवादी फोरम नेपालका सह–अध्यक्ष राजेन्द्र श्रेष्ठले पार्टी अध्यक्ष उपेन्द्र यादवले आफूलाई धोका दिएको आरोप लगाएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले चौथोपटक मन्त्रिपरिषद विस्तार गरेका छन् । ओलीले संघीय समाजवादी फोरमका तर्फबाट २ जनालाई सरकारमा सहभागि गराएर मन्त्रिपरिषद विस्तार गरेका हुन् । पछिल्लो पटक फोरमबाट अध्यक्ष उपेन्द्र यादव र मोहम्मद ईस्तियाक राइन सरकारमा सहभागि भएका छन् ।

हिजोसम्म मन्त्रीमा पनि श्रेष्ठकै नाम चर्चा भएको थियो । श्रेष्ठले आफू निकटका नेताहरुसँग भनेका छन्,‘उपेन्द्रजीले मलाई धोका दिए, हिजोसम्म मलाई नै मन्त्री बनाउँछु भन्नुभयो तर, आज आएर धोका दिनुभयो।’ उपेन्द्रको यो कदमसँगै पार्टीभित्र राम्रो सन्देश नगएको पनि श्रेष्ठले बताएका छन् ।राजेन्द्र मंत्री बन्न नपाउने भए पछी पार्टी कार्यालयमै रोएको फोरमका एक नेताले बताए।

गत फागुन तीन गते प्रधानमन्त्रीको सपथ लिएका प्रधानमन्त्री ओलीले यसअघि २२ सदस्यीय मन्त्रिपरिषद बनाएका थिए । संघीय समाजवादी फोरम नेपालले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीसँग दुई बुँदे सम्झौता गर्दै केन्द्रीय सरकारमा सहभागी भएको हो ।

प्रतिक्रिया दिनुहोस
केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...

रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

  उच्च अदालत बुटवलले रास्वपा सभापति तथा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई...