उपेन्द्र यादवले मन्त्री नबनाए पछी राजेन्द्र श्रेष्ठ डाको छोडेर पार्टी कार्यालयमा यसरी रोए



हाम्रो इकोनोमि

संघीय समाजवादी फोरम नेपालका सह–अध्यक्ष राजेन्द्र श्रेष्ठले पार्टी अध्यक्ष उपेन्द्र यादवले आफूलाई धोका दिएको आरोप लगाएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले चौथोपटक मन्त्रिपरिषद विस्तार गरेका छन् । ओलीले संघीय समाजवादी फोरमका तर्फबाट २ जनालाई सरकारमा सहभागि गराएर मन्त्रिपरिषद विस्तार गरेका हुन् । पछिल्लो पटक फोरमबाट अध्यक्ष उपेन्द्र यादव र मोहम्मद ईस्तियाक राइन सरकारमा सहभागि भएका छन् ।

हिजोसम्म मन्त्रीमा पनि श्रेष्ठकै नाम चर्चा भएको थियो । श्रेष्ठले आफू निकटका नेताहरुसँग भनेका छन्,‘उपेन्द्रजीले मलाई धोका दिए, हिजोसम्म मलाई नै मन्त्री बनाउँछु भन्नुभयो तर, आज आएर धोका दिनुभयो।’ उपेन्द्रको यो कदमसँगै पार्टीभित्र राम्रो सन्देश नगएको पनि श्रेष्ठले बताएका छन् ।राजेन्द्र मंत्री बन्न नपाउने भए पछी पार्टी कार्यालयमै रोएको फोरमका एक नेताले बताए।

गत फागुन तीन गते प्रधानमन्त्रीको सपथ लिएका प्रधानमन्त्री ओलीले यसअघि २२ सदस्यीय मन्त्रिपरिषद बनाएका थिए । संघीय समाजवादी फोरम नेपालले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीसँग दुई बुँदे सम्झौता गर्दै केन्द्रीय सरकारमा सहभागी भएको हो ।

प्रतिक्रिया दिनुहोस
पर्सा जिल्ला अदालत पुगेर रवि लामिछानेले तारेख बुझे

     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पर्सा जिल्ला अदालत...

७४ अंक घट्यो सेयर बजार

    बुधबार सेयर बजारको परिसूचक नेप्से ७४.७३ अंक घटेको छ । सो...

मार्चमा भित्रिए एक लाख २० हजारभन्दा बढी पर्यटक

    सन् २०२६ को मार्चमा १ लाख २० हजार ५१६ जना विदेशी...

सभामुखको निर्वाचन यही चैत २२ गते

     प्रतिनिधिसभाको सभामुखको निर्वाचन यही चैत २२ गते हुने भएको छ ।...