उपेन्द्र यादव मन्त्री बने पछी राजपाका नेता यसरी भए रिसले चुर,मुख्यमन्त्री लाई देखाई दिने दिए यस्तो धम्की



प्रदेश २ मा संघीय समाजवादी फोरम नेपाल नेतृत्वको सरकारबाट नेपाल कम्युनिष्ट पार्टीले समर्थन लिए लगतै सरकार फेरवदल हुने संभावना बढेर गएको छ । फोरम नेपाल संघीय सरकारमै सामेल हुनु र प्रदेश २ मा समर्थन फिर्ता लिने सम्बन्धी निर्णयले लालबाबु राउत नेतृत्वको प्रदेश सरकारको भविष्य अन्यौलमा परेको छ ।

संघीय समाजवादी फोरमले राजपासँग गठबन्धन गरी प्रदेश सरकारको नेतृत्व गरिरहेको छ । तर, फोरम नेपाल दुई बुँदे सम्झौता गरेर केन्द्रिय सरकारमा जाने निर्णय गरेपछि राजपा संकटमा परेको छ । फोरम नेपालको यस निर्णयले समान एजेण्डा बनाएर मधेश आन्दोलनमा होमिएका राजपा र फोरमबीच तिक्तता बढाएको छ । आगामी दिनमा फोरमसँगको यात्रालाई निरन्तरता दिने नदिने बारे राजपा भित्र समेत विवाद देखिएको छ ।

राजपासँग सल्लाह नै नगरी संघीय सरकारमा सहभागी हुने फोरमको निर्णयले प्रदेश सरकारको गठबन्धनमा असर गर्न सक्ने राजपाका एकजना प्रभावशाली नेताले बताए । आन्दोलन र चुनावमा समान एजेण्डा बनाएर सँगै अगाडी बढेको सहयात्री दलसँग सल्लाह सुझाव नगरी केन्द्र सरकारमा सहभागी हुने फोरमको निर्णय आफूहरुलाई स्वीकार्य नरहेको राजपाका महासचिव तथा प्रदेश २ का सांसद मनिष सुमनले बताए ।

‘फोरमको एकलौटी निर्णयले हाम्रो विगतको सम्बन्धमा नकारात्मक प्रभाव परेको छ,’  सुमनले भने, ‘हामी प्रदेश सरकारबाट बाहिरिन पनि सक्छौँ ।’ मधेश आन्दोलनको भावना र एजेण्डा विपरित फोरमले सम्झौता गरेर आफूहरुलाई बाइकट गर्ने षडयन्त्र गरेको सुमनले बताए । ‘अहिले सम्मको सहकार्यलाई निरन्तरता दिन हामी वाध्य छैनौँ,’ उनले भने, ‘फोरमसँगको अहिले सम्मको संगत टुट्न सक्छ ।’

फोरम अध्यक्ष उपेन्द्र यादवले सत्तामा पुग्ने सिढीको रुपमा फेस सेभिङको लागि गरेको दुई बुँदे सहमति कुनै हालतमा पुरा नहुने दावी गर्दै राजपा महासचिव सुमनले नेकपा र फोरमले षडयन्त्रपूर्ण तरिकाले राजपालाई एक्ल्याउने खेल खेलेको आरोप लगाए ।

राजपालाई अलग राखेर गरिएको निर्णयले प्रादेशिक र संघको गठबन्धन बारे आफूहरु पूर्नविचार गर्न वाध्य भएको उनको भनाई छ । सुमनले आगामी २५ गते बस्ने राजनीतिक समितिको बैठकबाट प्रदेशमा फोरम र केन्द्रमा नेकपासँगको सहयात्रा सम्बन्धमा निर्णय लिने तयारी रहेको सुमनले जानकारी दिए ।

तर, राजपाकै अर्का महासचिव जितेन्द्र सोनलले भने फोरम केन्द्रिय सरकारमा सहभागी हुँदैमा प्रदेशको गठबन्धनमा भने कुनै असर नपर्ने दावी गरेका छन् । प्रदेश २ मा राजपा संसदीय दलका नेता तथा भौतिक पूर्वाधार मन्त्री समेत रहेका सोनलले फोरम संघीय सरकारमा सहभागी हुँदैमा आफुहरुको गठबन्धनमा कुनै फरक नपर्ने बताए । प्रदेश २ का जनताले फोरम र राजपालाई सरकार चलाउने म्याण्डेट दिएको छ  गर्दै सोनलले भने, ‘हामीले जे म्याण्डे पाएका छौँ, त्यहि अनुसार अगाडी बढछौँ । बाहिर कसले के बोल्छ त्यसको पछाडी लाग्नु अनुचित हुन्छ ।’

राजपाकै अर्का महासचिवले गठबन्धन टुट्ने संकेत दिएको प्रश्नको जबाफमा उनले भने,’उहाँले किन र कसरी यसो भन्नुभयो मलाई थाह छैन् । तर फोरम सँगको हाम्रो सहयात्रा कायम रहनेमा म विश्वस्त छु ।’ सरकार परिवर्तन हुन पहिला ढल्नु पर्ने बताउँदै उनले प्रदेश २ मा सरकार परिवर्तनको अवस्था नदेखिएको उनले बताए ।

यता राजपा पनि केन्द्र सरकारमा सहभागी हुने मनस्थितिमा रहेको छ । राजपाकै कतिपय नेताहरुले ओली नेतृत्वको सरकाले फोरमसँग एकलौटि सम्झौता गरेर आफूहरुलाई वेवास्ता गरेको गुनासो गरेका छन् । केन्द्र सरकारमा सहभागी हुने इच्छा रहेपनि राजपाले संविधान संशोधनको ग्यारेन्टी र हिरासतमा रहेका आफ्नो पार्टीको सांसद रेशम चौधरीको सपथग्रहणले उसलाई अप्ठ्यारो बनाएको राजपाका एक सांसदले बताए । सरकारले यी दुई विषयलाई सम्बोधन गर्ने प्रतिवद्धता व्यक्त गरे आफूहरु पनि सरकारमा सहभागी हुन तयार रहेको उनको भनाई छ ।

राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो र राजकिशोर यादव सरकारमा सहभागी हुन इच्छुक देखिएपनि संयोजक महन्थ ठाकुर लगायतका नेताहरु भने यथास्थितिमा सहभागी नहुने संकेत दिएपछि राजपा भित्र समस्या आएको बताइएको छ । नेपाल समय बाट

प्रतिक्रिया दिनुहोस
दशैंको टीकाको साइत असोज २६ गते ११:३६ बजे

    नवरात्र भनेरसमेत चिनिने दशैं नौ रात र दश दिनको हुने गरेकामा

बडादशैं सुरु, घटस्थापनाको साइत आज ९:१६ बजे

    प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने यस वर्षको बडादशैं आजदेखि

प्रधानन्यायधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन

     प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन भएको छ । बुधवार बसेको संसदीय

२६ अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो

    बुधबार सेयर बजारको परिसूचक नेप्से २६ सयमुनि झरेको छ । अघिल्लो