पाल्पामा बस दुर्घटना, मृतकको संख्या १३ पुग्यो(मृतक र घाइतेको नामसहित)



हाम्रो इकोनोमि

पाल्पाको रम्भा गाउँपालिका-४ हुमिनमा आज बिहान भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको छ। तानसेनको लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सदस्यहरु रामपुरका विभिन्न सहकारीको अवलोकन भ्रमणका लागि हिँडेको लु २ त ९७५ नंको बस दुर्घटनामा परेको हो।

प्रहरी उपरीक्षक दिल्लीराज पन्तका अनुसार मृतकमध्ये कमला कार्कीको लुम्बिनी मेडिकल कलेजमा र सचिन बज्राचार्यको मिसन अस्पतालमा मृत्यु भएको हो। अन्यको भने घटनास्थलमै मृत्यु भएको हो।

घाइते हुनेहरुमा प्रफुल्ल शर्मा, विमल रन्जन, उत्तमकुमार बज्राचार्य, ओम मलेगो, मिना खाम्चा, मुना सारु, अर्जुन थापा र प्रविण बज्राचार्यको तानसेन मिसन र लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ।

मृत्यु हुनेहरुको नाम
१ विष्णुमान बज्राचार्य तानसेन ४
२ देवेन्द्रलाल प्रधान तानसेन ३
३ कृष्णमान बज्राचार्य तानसेन ३
४ छत्रमान शाक्य तानसेन ३
५ सुशीलप्रसाद श्रेष्ठ तानसेन ६
६ कृष्णबहादुर बोहोरा तानसेन ४
७ दुर्गाबहादुर सारु तानसेन ६
८ लोकनाथ ढकाल तानसेन २
९ वसन्ती खाँण तानसेन ३
१० गीता बुढाथोकी तानसेन ६
११ कमला कार्की तानसेन ३
१२ सचिन बज्राचार्य तानसेन ६
मृतक एक जना महिलाको नाम खुल्न सकेको छैन।

प्रतिक्रिया दिनुहोस
पर्सा जिल्ला अदालत पुगेर रवि लामिछानेले तारेख बुझे

     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पर्सा जिल्ला अदालत...

७४ अंक घट्यो सेयर बजार

    बुधबार सेयर बजारको परिसूचक नेप्से ७४.७३ अंक घटेको छ । सो...

मार्चमा भित्रिए एक लाख २० हजारभन्दा बढी पर्यटक

    सन् २०२६ को मार्चमा १ लाख २० हजार ५१६ जना विदेशी...

सभामुखको निर्वाचन यही चैत २२ गते

     प्रतिनिधिसभाको सभामुखको निर्वाचन यही चैत २२ गते हुने भएको छ ।...