अब चाहिँ जुर्ला त प्रदिप र साम्राज्ञीको जोडी ?



नायक प्रदिप खड्का र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह अहिलेका ‘हट केक’ हुन् । चलचित्रमा यी दुई डिमान्ड बढ्दो छ । उनीहरुलाई खेलाउन निर्माताहरु मरिहत्ते गर्छन् ।

तर, अहिलेसम्म यो जोडी एकसाथ भने देखिएको छैन । दर्शकले पर्दामा उनीहरुको केमेस्ट्री जाँच्न चाहेका छन् । तर, अहिलेसम्म त्यस्तो संयोग जुरेको छैन ।

चलचित्र ‘छक्का पन्जा २’मा निर्माता दीपकराज गिरीले प्रदिप र साम्राज्ञीको जोडी बनाउन चाहेका थिए । यो चलचित्रमा स्वरुप पुरुष ढकाल र स्वस्तिमा खड्काले निर्वाहा गरेको भूमिकामा पहिले प्रदिप र साम्राज्ञीलाई अफर गरिएको थियो । तर, दुबैले यो चलचित्र खेलेनन् ।

यसपछि, निर्माता सुवास गिरीले बनाउन लागेको चलचित्र ‘भैरवी’मा पनि प्रदिप र साम्राज्ञीको जोडीलाई फाइनल गरिएको चर्चा चल्यो । तर, निर्माताले प्रदिपलाई फाइनल गरे पनि साम्राज्ञीलाई फाइनल गरेका रहेनछन् । अब, चलचित्र बन्ने या नबन्ने नै अन्यौल छ ।

निर्माता गोविन्द शाहीले प्रदिप र साम्राज्ञीलाई लिएर चलचित्र ‘लभ स्टेशन’ बनाउने सोच त बनाएका छन् । तर, नायिका जसिता गुरुङ फाइनल भएको चलचित्रमा खेल्न साम्राज्ञी राजी हुन्छिन् कि हुन्नन् भन्न सकिन्न । साम्राज्ञीले हुन्छ भनिन् भने त ठिकै छ । यदि, हुँदैन भनिन् भने सोच्दा भयो कि साम्राज्ञी र प्रदिपको जोडी हेर्न अझै लामो समय पर्खिनुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस
बागमतीका मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ, हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

  वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अस्वस्थ भएका छन् । उनलाई हेलिकप्टरमार्फत् काठमाडौं

५ करोडको घर दिएर राजेशपायलले पत्नीसँग गरे डिभोर्स

    आफ्नो वैवाहिक जीवन सधैँ गोप्य राखिरहेका  राजेशपायल राईले श्रीमती साङबुङ राईसँग

नियमन सम्भव नभएपछि टिकटक प्रतिबन्ध : सञ्चार मन्त्रालय

    सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जाल टिकटकका गतिविधि नियमन गर्न

दुर्गा प्रसाईँको अभियानमा आएका महिलामाथि दुर्व्यवहार

    दुर्गा प्रसाईंले काठमाडौंमा आयोजना गर्न लागेको कार्यक्रमका लागि उपत्यका बाहिरबाट आएका