रेखा थापा नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गर्दै, पेरिसडाँडा र धुम्बाराहीमा अध्यक्षद्वयको कार्यकक्ष



हाम्रो इकोनोमि

र्चित नायिका रेखा थापा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गर्ने भएकी छिन् ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको परामर्श अनुसार उनी राप्रपा प्रजातान्त्रिक पार्टी छोड्ने अन्तिम तयारीमा जुटेकी हुन् ।

तत्कालिन माओवादी पार्टीबाट राजनीतिक यात्रा सुरु गरेकी रेखा केही दिनमै नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गर्न लागेको स्रोतले बतायो ।

माओवादी त्यागेर कमल थापा नेतृत्वको राप्रपा नेपालमा प्रवेश गरेकी रेखा राप्रपा फुटेपछि पशुपति शमशेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिकमा प्रवेश गरेकी थिइन् ।

नेकपाका अध्यक्ष प्रचण्डसँगको भेटपछि उनी नेकपामा आउने मनस्थितिमा पुगेको स्रोतले बतायो । भेटमा प्रचण्डले राजनीतिमा स्थिर भएर बस्न रेखालाई आग्रह गरेका थिए ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले केन्द्रीय कार्यालय टुंगो लगाएको छ । तत्कालीन एमालेको धुम्बाराही र माओवादी केन्द्रको पेरिसडाँडास्थित कार्यालयलाई समानान्तर रूपमा प्रयोग गर्ने गरी टुंगो लगाइएको हो ।

नेकपा सचिवालय बैठकले पेरिडाँडामा अध्यक्षद्वय केपी ओली र प्रचण्ड, महासचिव विष्णु पौडेल, जनवर्गीय संगठन र पार्टीका विभिन्न आयोगको कार्यालय रहने टुंगो लगाएको केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले बताए । धुम्बाराहीमा अध्यक्षद्वयसहित सचिवालयका ९ सदस्यहरूको कार्यकक्ष व्यवस्थापन गरिने निर्णय भएको उनले बताए । सचिवालय सदस्यका लागि फरक–फरक कोठामा कार्यकक्ष तयार गरिनेछ ।  धुम्बाराही कार्यालय भाडाको भएको र पेरिसडाँडामा पर्याप्त खाली ठाउँ रहेकाले पार्टीका धेरै काम भने पेरिडाँडा कार्यालयबाटै हुने छन् । नयाँपत्रिकाबाट

कार्यालय व्यवस्थापनका लागि ४ सदस्यीय कमिटी
कार्यालय व्यवस्थापनका लागि ४ सदस्यीय कमिटी गठन गरिएको नेता श्रेष्ठले बताए । कमिटीमा विष्णु रिमाल, कृष्णगोपाल श्रेष्ठ, प्रह्लाद बुढाथोकी र श्रीराम ढकाल छन् । ‘अहिले धुम्बाराही र पेरिडाँडामा पार्टी कार्यालयको मात्र नाम फेरिएका छन्,’ श्रेष्ठले भने, ‘पुराना स्वरूपका दुवै पार्टी कार्यालयका कार्यकक्ष भत्काएर नयाँ स्वरूपमा बनाउँछौँ ।’ शुक्रबार महासचिव विष्णु पौडेल पेरिसडाँडा पुगेर कार्यकक्षमा बस्ने तयारी रहेको श्रेष्ठले जानकारी दिए । दुई अध्यक्षको कार्यकक्ष उस्ताउस्तै हुने गरी ‘डेकोरेसन’ गरिने भएको छ ।

४ जेठपछि दुवै कार्यालयमा गएका छैनन् दुवै अध्यक्ष
३ जेठमा पार्टी एकता गरेर नेपाल कम्युनिस्ट पार्टी घोषणासँगै निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिए । ४ जेठमा ओली र प्रचण्डले पेरिसडाँडा र धुम्बाराही पार्टी कार्यालय संयुक्त रूपमा उद्घाटन गरे । तर, त्यसपछि दुवै अध्यक्ष कुनै पनि कार्यालयमा गएका छैनन् । ‘धुम्बाराही र पेरिसडाँडा कार्यालय उद्घाटन गरेपछि दुवैतिर अध्यक्ष कमरेड प्रचण्ड जानुभएको छैन,’ प्रचण्डको सचिवालय स्रोतले भन्यो, ‘बाहिर–बाहिरै कार्यक्रम परेकाले पनि कार्यालयमा जान भ्याउनुभएको छैन ।’ प्रधानमन्त्री एवं अध्यक्ष ओली पनि उद्घाटनपछि दुवै कार्यालय नगएको बालुवाटार स्रोतले जनायो । पार्टीका नेता–कार्यकर्तासँग भेटघाट ओलीले बालुवाटार र प्रचण्डले खुमलटार निवासमै गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
हिमाली क्षेत्रमा पनि फागुन २१ गते नै निर्वाचन हुन्छ : प्रधानमन्त्री

    प्रधानमन्त्री सुशीला कार्कीले हिमाली जिल्लामा पनि फागुन २१ मै निर्वाचन हुने...

साँखुमा बस दुर्घटना, २० जना बढी घाइते

    जहरसिंह पौवाबाट काठमाडौं तर्फ आउँदै गरेको बस साँखुमा दुर्घटना हुँदा २०...

२३ र २४ गतेको घटना योजनाबद्ध थियो : डा. राजन भट्टराई

    नेकपा एमालेका सचिव तथा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधि...

रास्वपाका केन्द्रिय नेताले पार्टी सदस्यताबाट दिए राजीनामा

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता प्रणय शमशेर राणाले पार्टी सदस्यताबाट...