तिम्रो बजेट तिमी नै राख भनेर संसदमै यसरी ग्वा-ग्वा रोए यी सांसद, बजेटले सांसदको अपमान गरेको लगाए आरोप



हाम्रो इकोनोमि

सांसद गजेन्द्रबहादुर महतले अर्थमन्त्रीले सांसदको अपमान गर्ने काम गरेको भन्दै प्रतिनिधिसभा बैठकमा रोएका छन्। २०७५/७६ का लागि विनियोजित बजेटमाथिको छलफलका क्रममा बिहीबार आफ्नो धारणा राख्दै गर्दा सांसद महत प्रतिनिधि बैठकमै रोएका हुन्। समाजवाद उन्मुख नभई सांसद तह लगाउने बजेट सरकारले ल्याएको र अर्थमन्त्रीले सांसदको अपमान गरेको टिप्पणी उनले गरे।

उनले भने, ‘कोही मन्त्री भएँ भन्दैमा हामीलाई बाँधेर राख्न पाइन्छ भन्या ! हामीलाई तह लगाउन पाइन्छ? हामीलाई अपमानित गर्न पाइन्छ? हामीलाई वडाअध्यक्षको ठाउँमा लिएर राख्न पाइन्छ ? कोही मन्त्री हँुदैमा पाइन्छ ? त्यो अधिकार कसैलाई छ चाहिने कुरा गर्नुहोस् न। चाहिएको छैन हामीलाई ४ करोड,  ४ करोडले आफूहरुको असाध्यै अपमान गरेको भन्दै उनले भने, ‘स्थानीय तहमा वडा अध्यक्ष र वडा सदस्य बसालेर विनियोजन गर्नुपर्ने? काँही मिल्ने कुरा हो । कसैले सहन्छ?’

आफ्नो विरोधले केही नहुने जान्दा जान्दै पनि आफूले बजेटप्रतिको असन्तुष्टी राख्नु परेको उल्लेख गर्दै उनले भने, ‘बजेटको मैले बचाउ गरिरनुपर्छ जस्तो लाग्दैन। कमजोर बस्तुको बचाउ गरिन्छ बलियो बस्तुको सायद बचाउ गरिन्न। सितिमिति सायद यो हल्लिँदैन। स्वर्गीय गिरिजाप्रसाद कोइरालाले भन्नुभएको थियो तपाइँहरुको विरोधले मलाइ केही हल्लाउँदैन। मैले त्यही शब्द सापटी लिएँ।  विरोधले खासै हल्लिने देख्दिन। तर पनि बजेटले मलाइ हल्लाइरहेको छ। हुम्लालाई हल्लाइरहेको छ।’

बजेट शहर केन्द्रित भएको भन्दै उनले कर्णाली र जुम्लालाई बजेटले सम्बोधन गर्न नसकेको गुनासो गरे। उनले भने, ‘बजेट मेरा लागि आकाशको फल आँखा तरी मर, लंकामा सुन छ कान मेरो बुच्चै, न घरको न घाटको, न  हर्ष न विस्मात छ। मेरा लागि र मेरो जुम्लाका लागि।’ रोजगारीको जिम्मा सबै बैंकलाई र स्वास्थयको जिम्मा बिमा संस्थानलाई दिने सरकारको निति गलत भएको टिप्पणी गरे।

उनले थपे, ‘हिजोका सामन्त र मुखियाहरुले आज बैक थापेर बसेका छन् जसलाई रोजगारीको जिम्मा लगाइएको छ। स्वास्थ्यको जिम्मा बिमा संस्थानलाई लगाइएको छ। कर्णाली र जुम्लाका जनता विमाको कागत लिएर कहाँ जाने? काठमाडौं आउन जान ५० हजार भाडा लाग्छ। बिमा कागज लिएर म कता जाने?’

सांसदको नाममा सबै सांसदलाई मुछ्ने काम गरेको भन्दै उनले अनुपस्थित सांसदप्रति सभामुखको ध्यानाकर्षण गराए।
उनले सांसदलाई अपमान नगर्न अर्थमन्त्रीलाई सचेत पनि गराए। उनले भने, ‘अर्थमन्त्रीले सोच्नुहोस् कोही मन्त्री हुदैमा सांसदलाई अपमानित गर्न पाइँदैन।’

प्रतिक्रिया दिनुहोस
केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...

रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

  उच्च अदालत बुटवलले रास्वपा सभापति तथा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई...