सुन तस्करीको ठुलो माछा प्रधानमन्त्रीनै त होइन भन्दै यी सांसदले लगाए यस्तो गम्भीर आरोप



हाम्रो इकोनोमि

सांसद प्रेम सुवालले साढे ३३ किलो सुन प्रकरणमा प्रधानमन्त्री नै ठूला माछा त होइनन्? भन्दै संसदमा प्रश्न उठाएका छन्।

प्रतिनिधिसभामा जारी बजेटमाथिको छलफल क्रममा बोल्दै नेपाल मजदुर किसान पार्टीका तर्फबाट निर्वाचित स्वतन्त्र सांसद सुवालले यस्तो प्रश्न उठाएका हुन्। ‘३३ किलो सुन तस्करीबारे सभामुख महोदय अर्थमन्त्री भएका बेला भन्नुभएको ‘म त भुरा मात्र हुँ, धेरै ठूला माछा छन् यसमा। समयक्रममा बाहिर आँउछ,’ सुवालले भने, ‘अहिले यो विषय सामाजिक सञ्जालमा पुनः छाएको छ, मन्त्रीको ठूलो माछा प्रधानमन्त्री नै त होला नि?’

प्रहरीभन्दा चोर अगाडि बढ्नु पुँजीवादी गणतन्त्रकै कारण भएको टिप्पणी गर्दै सांसद सुवालले भारतमा ७० वर्ष अगाडि देखि देखिएको यो प्रवृत्ति नेपालमा गणतन्त्र स्थापना भएको १० वर्षमा नै देखिएको बताए। उनले नेपाली पानीजहाज र नेपालमा रेल कुदाउनु ठूलो कुरा नभएको भन्दै बालुवाटारलाई ठगहरुबाट जोगाउनुपर्ने तर्क गरे।

सरकारले सपना देखाएको तर त्यसलाई पूरा गराउने बजेट भने नल्याएको उनले टिप्पणी गरे।

प्रतिक्रिया दिनुहोस
चितवन १ मा एमालेका दावा दोर्जे लामाको अग्रता

    चितवन १ मा रास्वपाका हरि ढकाल पछि परेका छ । पछिल्लो...

खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...