पहिलो बिदेश यात्राका लागि ‘धन बिनाको मन’ लिएर अशोक दर्जी मलेसिया जाँदै



‘धन बिनाको मन’ गीत गाएर भाइरल बनेका भाइरल व्वाई अशोक दर्जि सांगीतिक प्रस्तुतिका लागि मलेसिया जाने भएका छन् । यो उनको पहिलो विदेश यात्रा हुनेछ । मलेसियामा रहेका नेपालीहरुको निमन्त्रणा संगीतकार टंक बुढाथोकीसँगै उनी जाने भएका हुन् । त्यहाँ जून १५ देखि १७ सम्मको कार्यक्रम रहेको संगीतकार बुढाथोकीले जानकारी दिए । मलेसियापछि दुवई जाने उनको भनाई छ । दुबईमा २२ तारिखमा कार्यक्रम रहेको छ ।

‘धेरै देशबाट प्रस्तावहरु आइरहेका छन्, अहिलेसम्म मलेसिया र दुबईको सेड्यूल फिक्स्ड भएको छ,’ बुढाथोकीले भने ।

दर्जिले गाएको पहिलो गीत यतिबेला यूट्युवमा लोकप्रिय बनिरहेको छ । गीतले अहिलेसम्म ६७ लाख भ्यूज पाइसकेको छ भने २२ हजार प्रतिक्रिया आएका छन् । यही गीतका कारण अशोकको डिमान्ड देश तथा विदेशमा हुन थालेको हो ।

प्रतिक्रिया दिनुहोस
बागमतीका मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ, हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

  वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अस्वस्थ भएका छन् । उनलाई हेलिकप्टरमार्फत् काठमाडौं

५ करोडको घर दिएर राजेशपायलले पत्नीसँग गरे डिभोर्स

    आफ्नो वैवाहिक जीवन सधैँ गोप्य राखिरहेका  राजेशपायल राईले श्रीमती साङबुङ राईसँग

नियमन सम्भव नभएपछि टिकटक प्रतिबन्ध : सञ्चार मन्त्रालय

    सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जाल टिकटकका गतिविधि नियमन गर्न

दुर्गा प्रसाईँको अभियानमा आएका महिलामाथि दुर्व्यवहार

    दुर्गा प्रसाईंले काठमाडौंमा आयोजना गर्न लागेको कार्यक्रमका लागि उपत्यका बाहिरबाट आएका