प्रदीप ज्ञवालीलाई स्वास्थमा सारेर उपेन्द्र परराष्ट्र मन्त्री बन्दै,यी कुरा मिले आजै क्याबिनेट बिस्तार हुने



नेपाल कम्युनिष्ट पार्टीको सरकारमा जानका लागि संघीय समाजवादी फोरमले परराष्ट्र मन्त्रालय पाउनुपर्ने निर्णय गरेको छ । संसदिय दलको उक्त निर्णयपछि फोरम अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्री केपी शर्मा ओलीलार्इ भेट्न प्रधानमन्त्री निवास बालुवाटार गएका छन् । वालुवाटारमा नेकपाका अध्यक्षद्वय ओली र पुष्पकमल दाहालसँग भेट गर्ने फोरमका एक केन्द्रीय नेताले जानकारी दिए । मागेको मन्त्रालय दिए आजै मन्त्रीपरिषद विस्तार हुने उनले बताए।

हाल परराष्ट्र मन्त्रालयको जिम्मेवारी प्रदिप ज्ञवालीले सम्हालीरहेका छन् । ज्ञवालीलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारीमा सार्दै यादवलाई उक्त मन्त्रालय दिने बारेमा नेकपाभित्र समेत छलफल शुरु भएको छ।

पार्टी कार्यालय बालकुमारीमा बसेको संसदीय दलको वैठकले परराष्ट्र मन्त्रालय फोरमलार्इ दिने यसअघि सहमति भएकाले त्यसैअनुसार आफू सरकारमा सहभागी हुने निर्णय गरिएको फोरमका ती नेताले बताए। उनले भने, ‘हामीलार्इ दिने भनिएको मन्त्रालय खाली गरिए हामी नाम पठाउनेछौं।’

अध्यक्ष यादवको नेतृत्वमा सरकारमा सहभागी हुने सहमति जुटेपछि उनीहरुले परराष्ट्र मन्त्रालय पाउनुपर्ने अडान कायम राखेका हुन् । अर्को मन्त्रालयको रुपमा शहरी विकास पनि लिन सकिने निष्कर्षमा वैठक पुगेको छ।

फोरमका अर्का नेता तथा सांसद मोहमद इस्तियाक रार्इका अनुसार मन्त्री छान्ने जिम्मा अध्यक्ष यादवलाई नै दिइएको छ । यादवले आजै प्रधानमन्त्री ओली र अध्यक्ष पुष्पकमल दाहालसँग भेटेर सरकार विस्तारका विषयमा टुङ्गोमा पुर्याउने तयारी गरेका छन्।

यादवले सरकारमा जाने व्यक्तिहरुको बारेमा तीनवटा मोडल तयार गरेका छन् । सरकारमा जानका लागि यादवसहित राजेन्द्र श्रेष्ठ, रेणुदेवि यादव, मोहम्मद इस्तियाक रार्इ लगायतका नेताहरुको चर्चा पार्टीभित्र चलेको छ । तर नाममा समहति हुन नसकेपछि छान्ने अधिकार अध्यक्ष यादवलाई दिइएको छ।र यादवले राईलाई मन्त्री बनाउने छन्।

प्रतिक्रिया दिनुहोस
प्रधानन्यायधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन

     प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन भएको छ । बुधवार बसेको संसदीय

२६ अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो

    बुधबार सेयर बजारको परिसूचक नेप्से २६ सयमुनि झरेको छ । अघिल्लो

निर्माण कम्पनीहरुको रकम दशैं अगाडि भुक्तानी हुन्छ : अर्थमन्त्री

    अर्थमन्त्री विष्णु पौडेलले निर्माण सम्पन्न गरिसकेका निर्माण कम्पनीहरुको रकम भुक्तानी दशैं

सिनामंगलस्थित प्राधिकरणको कार्यालयमा अख्तियारको छापा

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सिनामंगलस्थित नेपाल नागरिक उड्डयन प्राधिकरणको कार्यालयबाट