देश विकास गर्ने जिम्मेवारी तीन पटक गृहमन्त्री बामदेव गौतमको काँधमा,ओली र प्रचण्डले दिए साँचो



हाम्रो इकोनोमि

सरकारले देशको विकास गर्ने जिम्मा वामदेव गौतमलाई दिने भएको छ । बर्दियाबाट नेपाली काँग्रेसका नेता सञ्जय गौतमसँग पराजित भएका गौतमलाई उनकै इच्छाअनुसार अधिकार सम्पन्न विकास प्राधिकरणको प्रमुख बनाउने तयारी गरिएको छ ।

उक्त प्राधिकरणको अध्यक्ष प्रधानमन्त्री रहनेगरी आवश्यक तयारी गरिएको छ । उपप्रधानमन्त्री भइसकेको व्यक्तिलाई प्राधिकरणको प्रमुख बनाउने व्यवस्थासहित प्राधिकरण निर्माणको तयारी गरिएको छ ।

पटक–पटक उपप्रधानमन्त्री भइसकेका र निर्वाचनमा पराजित भएपछि संघीय संसद्मा समेत नरहेका गौतमलाई उक्त प्राधिकरणको जिम्मा दिने विषयमा प्रधानमन्त्री केपी ओली र नेकपाका अध्यक्ष प्रचण्ड समेत सकारात्मक छन् ।

नेकपाका सचिवालय सदस्य रहेका गौतमले नेपालको विकास निर्माणका बारेमा केही समय पहिले पुस्तक समेत प्रकाशित गरीसकेका छन् । उनले विभिन्न सार्वजनिक कार्यक्रममा समेत आफूलाई विकास निर्माणको काम गर्ने जिम्मा दिन आग्रह गर्दै आएका छन् ।

सरकारले गठन आदेशका आधारमा सो संस्था स्थापना गर्न लागेको छ । पुनः निर्माण प्राधिकरणले गर्दै आएको कामलाई समेत सोही प्राधिकरणले हेर्ने गरी तयारी गरिएको छ ।

विकास निर्माणका काममा भइरहेको ढिलाई तथा ठेकेदार परिचालनमा देखिएको समस्या समसया समेत समाधान गर्ने लक्ष्यका साथ उक्त प्राधिकरण स्थापना गर्न लागिएको हो ।

प्राधिकरणले राष्ट्रिय गौरवका तथा प्रमुख प्राथमिकता प्राप्त आयोजनालाई समयमै सम्पन्न गर्न सबै प्रकारको साधन र स्रोतको परिचालन गर्नेछ ।

कूल २१ वटा राष्ट्रिय गौरवका आयोजना मध्ये ४ वटा आयोजनाको मात्रै प्रगति राम्रो रहेको छ । अन्य आयोजनाको प्रगति भने नकारात्मक रहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकाअनुसार आर्थिक समृद्धि हासिल गर्ने सरकारको लक्ष्य हासिल गर्नका लागि अधिकार सम्पन्न प्राधिकरण गठनको तयारी गरिएको हो ।

प्राधिकरणलाई नै विकास निर्माणको थिंक ट्यांक समेत बनाउने सरकारको तयारी छ । सरकारले मंगलबार सार्वजनिक गरेको बजेट वक्तव्यमा निर्माण कम्पनी स्थापना गर्ने घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...