टालटुले कुरा गरेर ओली सरकारले कर्मचारीलाई बिच्क्याएको भन्दै कर्मचारीका नेता यसरी पड्किए



हाम्रो इकोनोमि

बजेट भाषणमा तलब वृद्धि नभएपछि निजामती कर्मचारीले असन्तुष्टि जनाएका छन् । निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनले तलब पुनरावलोकन नहुनु र मूल्यवृद्धिको अनुपातमा भत्ता कम हुनुले कर्मचारीलाई उत्साहित बनाउन नसकेको टिप्पणी गरेको छ ।

आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुन्य ढकालले उच्चस्तरीय तलब आयोग गठन गर्ने कुरा अल्मल्याउने तरिकामात्रै हो भन्दै कर्मचारीको हकमा बजेट अनुदार भएको गुनासो गरे । तै पनि केही नहुनुभन्दा एक हजार रुपैयाँ महंगी भत्ता वृद्धि हुनुलाई सकारात्मक रुपमै लिएको उनले बताए ।
ढकालले भने, ‘२०७३ सालमा केपी ओली प्रधानमन्त्री भएकै बेला तलब बढेको हो । २०७४ को सरकारले तलबभत्ता केही बढाएन । अहिले एक हजार भत्ता बढाइए पनि मूल्यवृद्धिसँग त्यसले सामना गर्न सक्दैन । पोशाक भत्ता २५ सय बढेको कुरालाई हामीले स्वागत नै गरेका छौं ।’

ऐनअनुसार प्रत्येक तीन वर्षमा तलब बढ्ने भनिए पनि दुई वर्षमा तलब बढाउने परम्परा रहेको ढकालले बताए । यसपटक तलब बढ्छ भन्ने कर्मचारीको अपेक्षा सरकारले सम्बोधन नगरेको उनले बताए ।

निजामती सेवा ऐनअनुसार प्रत्येक ३ वर्षमा निजामती कर्मचारीको तलबभत्ता पुनरावलोकन हुन्छ । मुख्य सचिवको संयोजकत्वमा रहेको समितिले ३ वर्षको भत्तामध्ये ७५ प्रतिशत तलबमा गाभेर २५ प्रतिशत भत्ता कायम गर्ने व्यवस्था ऐनमा छ ।

ऐनअनुसार २०७६ सालमा मात्र तलब पुनरावलोकन हुनेछ । त्यसैले कर्मचारीले तलब नबढेको गुनासो गरे पनि विरोध भने गरेका छैनन् ।

प्रतिक्रिया दिनुहोस
चितवन १ मा एमालेका दावा दोर्जे लामाको अग्रता

    चितवन १ मा रास्वपाका हरि ढकाल पछि परेका छ । पछिल्लो...

खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...