आफैंमाथि गोली हान्न लगाएका धर्मगुरु श्रीनिवास आचार्य जेल चलान



हाम्रो इकोनोमि

आफैंमाथि गोली हान्न लगाएका धर्मगुरु श्रीनिवास आचार्य जेल चलान भएका छन्।

हातहतियार तथा खरखजना मुद्दामा मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले उनलाई पुर्पक्षका लागि जेल चलानको आदेश दिएका हुन्।

हिन्दु राष्ट्रको आन्दोलन चर्काउन उनले आफैंमाथि गोली हान्न लगाएका थिए। गोली हान्ने माधव चौधरीलाई पक्राउ गरेपछि सो रहस्य खुलेको हो। चौधरी र आचार्यका सहयोगी लक्ष्मीराज अधिकारीले पनि जेल चलानको आदेश भएको मोरङका एसपी मनोज केसीले बताए।

श्रीनिवासमाथि गत चैत २५ गते विराटनगरको जतुवामा गोली प्रहार भएको थियो। बिहान शौचालय जाने क्रममा योजना अनुसार नै गोली प्रहार भएको थियो। गोली हान्ने चौधरी लगत्तै फरार भएका थिए। धर्मगुरुका शिष्य लक्ष्मीराज अधिकारीले अरुलाई खबर गरी अस्पताल पुर्‍याएका थिए।

हिन्दु धर्म कमजोर अवस्थामा रहेको भन्दै यसलाई बलियो बनाउन श्रीनिवास एउटा ‘हंगामा’ गर्न चाहन्थे। त्यही योजना अन्तर्गत उनले आफैंमाथि गोली हान्न लगाउने योजना अधिकारीलाई सुनाएका थिए। अधिकारीले गोली हान्न चौधरीलाई खोजेका थिए।

’हिन्दु धर्मका गुरुमाथि गोली हाने’ भनेर आन्दोलन गर्ने र त्यसकै आडमा देशभर हिन्दु धर्मको पक्षमा आन्दोलन गरी हिन्दु राष्ट्रका लागि माहोल बनाउने उनको योजना थियो। तर, उनको योजना मात्र असफल भएन, आफैं जेल चलान हुनुपर्‍यो

प्रतिक्रिया दिनुहोस
पर्सा जिल्ला अदालत पुगेर रवि लामिछानेले तारेख बुझे

     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पर्सा जिल्ला अदालत...

७४ अंक घट्यो सेयर बजार

    बुधबार सेयर बजारको परिसूचक नेप्से ७४.७३ अंक घटेको छ । सो...

मार्चमा भित्रिए एक लाख २० हजारभन्दा बढी पर्यटक

    सन् २०२६ को मार्चमा १ लाख २० हजार ५१६ जना विदेशी...

सभामुखको निर्वाचन यही चैत २२ गते

     प्रतिनिधिसभाको सभामुखको निर्वाचन यही चैत २२ गते हुने भएको छ ।...