कांग्रेसले हावा भनेको बजेटलाई चार नम्बर प्रदेशका मुख्यमन्त्रीले भने-नखाउँ भने दिनभरीको शिकार, खाउँ भने कान्छा बाबुको अनुहार



हाम्रो इकोनोमि

प्रदेश नम्बर ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले केन्द्र सरकारले सार्वजनिक गरेको बजेटप्रति आक्रोश व्यक्त गरेका छन् ।

आर्थिक समृद्धिको मार्गमा जाने नारा लगाउने केन्द्रीय सरकारले सार्वजनिक गरेको बजेटले आर्थिक समृद्धि हासिल गर्न नसकिने उनको टिप्पणी छ । गुरुङले सरकारले सार्वजनिक गरेको बजेट एकात्मक सरकारले ल्याएको बजेट जस्तो भएको भन्दै असन्तुष्टि पनि व्यक्त गरेका छन् ।

‘प्रदेश सरकारलाई १० देखि १२ प्रतिशत बजेट दिएर कस्तो विकास गर्न खोजिएको हो ?’ भन्दै उनले केन्द्र सरकारसँग प्रश्न समेत गरेका छन् । संघीय संरचनाका संघीय सरकारलाई अधिकार दिएको छ भन्ने तर स्रोत र साधन केन्द्रमै राख्न प्रोत्साहित गर्ने केन्द्र सरकारको परिपाटीले आर्थिक समृद्धि हासिल नहुने उनको टिप्पणी छ ।

प्रदेश नम्बर ५ लाई अन्य प्रदेशको तुलनामा थोरै रकम विनियोजन गरेकोमा आक्रोसित देखिएका गुरुङले भने ‘यो बजेट त हाम्रा लागि नखाउँ भने दिनभरीको शिकार, खाउँ भने कान्छा बाबुको अनुहार जस्तै भयो ।’

सरकारले प्रदेश नम्बर ४ का लागि १३ अर्ब २७ करोड ८६ लाख रुपैयाँ विनियोजन गरेको छ । गुरुङले मुलुकलाई आर्थिक तथा समाजिक समृद्धिको मार्गमा डोर्याउन प्रदेश सरकार निर्माण गरिएको स्मरण गर्दै भने ‘केन्द्रीकृत सत्ता प्रणालीबाट समग्र देशको विकास नहुन भन्दै प्रदेश संरचना निर्माण गरिएको हो, तर बजेट जस्तो महत्वपूर्ण कुरामा प्रदेशलाई वेवास्ता गरिएको छ ।’

सरकारले प्रदेश नं १ का लागि सबैभन्दा बढी अर्थात १९ अर्ब ८८ करोड ७० लाख रुपैयाँ विनियोजन गरको छ । प्रदेश नं २ का लागि १६ अर्ब १९ करोड ७२ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । प्रदेश नम्बर ३ का लागि १६ अर्ब ५८ करोड ५३ लाख रुपैयाँ विनियोजन गरेको छ ।

त्यसैगरि प्रदेश नं ४ का लागि १३ अर्ब २७ करोड ८६ लाख रुपैयाँ विनियोजन गरेको छ । प्रदेश नं ५ का लागि १६ अर्ब ५४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । प्रदेश नं ६ अर्थात कर्णालाी प्रदेशका लागि १६ अर्ब ६९ करोड ३५ लाख रुपैयाँ बजेट विनियोजन गरको छ । प्रदेश नं ७ का लागि भने सरकारले १४ अर्ब २५ करोड २५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

केन्द्र सरकारको बजेट विनियोजनले प्रदेश सरकार उत्साहित नभएको गुरुङको प्रतिक्रिया छ ।

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...