आफ्नो सरकारले ल्याएको बजेटलाई कांग्रेसले हावादारी भने पछी ओलीले दाह्रा किटेर फर्काए यस्तो डरलाग्दो जवाफ



हाम्रो इकोनोमि

मंगलबार संसदमा पेश भएको बजेटलाई हावादारी भनेर प्रतिक्रिया दिएको कांग्रेस स्वयं नै हावादारी भएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन्।

पूर्व एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संगठनको १२ औं महाधिवेशनको क्रममा बोल्दै प्रधानमन्त्री ओली बजेटलाई हावादारी भनिएकोमा आक्रोशित सुनिए। ‘हावादारी भन्ने नै हावादारी हुन्’, प्रधानमन्त्री ओलीले भने, ‘बजेटप्रतिको टिप्पणी हावादारी भन्ने कहीँ हुन्छ?’

६० लाख निरपेक्ष गरिबीको रहेका जनतालाई पछाडि राखेर प्रतिव्यक्ति आय र जिडिपी बढाउने आँकडा सरकारले प्रस्तुत नगर्ने बताए। ‘भोको पेट राखेर जिडिपी बढाएर के हुन्छ?’ उनले प्रश्न गरे।

अव्यावहारिक शिक्षाको ठाउँमा गुणस्तरीय शिक्षा बढाउने पक्षमा आफू रहेको प्रधानमन्त्री ओलीले बताए। सामुदायिक शिक्षाको गुणस्तर निजीको भन्दा खस्केकोमा उनले चिन्ता व्यक्त गरे। निजीमा भन्दा सामुदायिकमा लगानी बढी भए पनि उत्तीर्ण दर कम भएको प्रति सचेत रहन शिक्षकहरुलाई उनले आग्रह गरे।

प्रधानमन्त्रीले अबदेखि मन्त्रिमण्डल बैठकमा ल्यापटपमार्फत एजेन्डा राखिने बताए। ‘६ महिनापछि पनि सहयोगीबिना नै ल्यापटप सञ्चालन गर्न नसक्ने मन्त्रीलाई ल्यापटपसहित फिर्ता गरिदिन्छु’, उनले भने।

निरक्षरता हटाउन आक्रामक रूपमा प्रस्तुत उनले जनाए। तुइन नहटेको भए सम्पर्क गर्न पनि उनले आग्रह गरेका छन्। ‘दुई महिनामा तुइन हटाउँछु भनेको थिएँ, आफैंलाई हटाइदिए, केही हटाउन सकिनँ’, प्रधानमन्त्रीले भने।

फेल गर्ने शिक्षा अबको समयमा प्रत्युत्पादक हुने उनको भनाइ थियो।

कार्यक्रमममा संस्कृतिविद् सत्यमोहन जोशी र नेपाल राष्ट्रिय शिक्षक संगठनका संस्थापक बद्रीप्रसाद खतिवडालाई सम्मान गरिएको थियो।

प्रतिक्रिया दिनुहोस
पर्सा जिल्ला अदालत पुगेर रवि लामिछानेले तारेख बुझे

     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पर्सा जिल्ला अदालत...

७४ अंक घट्यो सेयर बजार

    बुधबार सेयर बजारको परिसूचक नेप्से ७४.७३ अंक घटेको छ । सो...

मार्चमा भित्रिए एक लाख २० हजारभन्दा बढी पर्यटक

    सन् २०२६ को मार्चमा १ लाख २० हजार ५१६ जना विदेशी...

सभामुखको निर्वाचन यही चैत २२ गते

     प्रतिनिधिसभाको सभामुखको निर्वाचन यही चैत २२ गते हुने भएको छ ।...