तलब नबढे पछी ओली सरकार प्रति कर्मचारीले दाह्रा किटे,पुल्ठो बालेर सरकारलाई झोस्ने यस्तो डंका पिटे
वाम सरकार कर्मचारीप्रति नकरात्मक देखिएको छ । हिजो मात्र अर्थमन्त्री डा युवराज खतिवडाले सदनमा १३ खर्ब १५ अर्वको बजेट प्रस्तुत गरे । ढुकुटी रित्तो भएको भन्दै कर्मचारीहरुको तलब नबढाई महंगी भत्तामात्र बढाइयो । तर सांसदहरुका लागि सांसद विकास कोषमा एक करोड रुपैंया बढाएर चार करोड पुराइएको छ । यस हिसाबले हेर्दा समेत सरकारले कर्मचारीलाई उपेक्षा गरेको स्पष्ट देखिन्छ ।
यस अगाडि नै श्वेतपत्रमार्फत निराशा व्यक्त गरेका अर्थमन्त्री खतिवडाले कर्मचारीको तलब वृद्धि गरेनन् । बरु, कर्मचारीलाई मनाउने प्रयास स्वरुप मासिक २ हजारको दरले महंगी भत्ता वितरण गर्ने व्यवस्था गरे । झण्डै १३ खर्व १५ अर्बको वजेट पेश गरेका अर्थमन्त्री युवराज खतिवडाले बजेट मार्फत कर्मचारीको मागको उचित सम्बोधन नगरेको बताँउदै सरकारका कारण कर्मचारीहरुले आफ्नो मनोबल गिरेको प्रतिक्रिया दिएका हुन । अर्थमन्त्री युवराज खतिवडाले हिजो संसदमा पेश गरेको बजेटबाट कर्मचारीका नेताहरुले आफ्नो मनोबल गिरेको प्रतिक्रिया दिएका छन् ।
कर्मचारीका नेताहरुले वजेटबाट कर्मचारीहरुको मनोबल गिराएको आरोप लगाएका छन् । निजामती कर्मचारीको आधिकारीक ट्रेड यूनियनका अध्यक्ष पुन्यप्रसाद ढकाल तलब पुनरावलोकन गर्ने नाममा सरकारले कर्मचारीलाई झुक्याएको आरोप लगाँउछन् । तलव पुनरावलोकन आयोग गठन गरी कर्मचारीहरुको तलब कढाउन सक्ने झिनो आशा रहेको भए पनि पूर्णरुपमा आशावादी हुन नसक्ने ढकाल बताँउछन् ।
सरकारले तलब नबढाएको भन्दै कर्मचारीहरु असन्तुष्ट देखिएका छन्। महंगी अनुसार तलब बृद्धि नभएको र पोशाक भत्ताको बृद्धिमा अपुग भएको उनीहरुले बताएका छन्। कांग्रेस निकट कर्मचारी युनियनका नेता गोपाल पोखरेलले सरकारले बढाएको एक हजार महंगी भत्ता पनि सरकारलाई नै फिर्ता गर्ने प्रतिक्रिया दिए ।
सरकारले कर्मचारीहरुको वार्षिक पोशाक भत्ता ७ हजारलाई बढाएर १० हजार रुपैयाँ पुर्याएको छ भने कर्मचारीको तलबको वार्षिक पुनरावलोकनका लागि एक समिति गठन गरिने समेत अर्थमन्त्रीले घोषणा गरेका छन् । सरकारले निजामति कर्मचारीले २ लाख बराबरको जीवन बिमा गर्नुपर्ने र यसमा ५० प्रतिशत रकम सरकारले व्यहोर्ने समेत घोषणा गरेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले मंगलबार आर्थिक वर्ष २०७५ ७६ को बजेट सार्वजनिक गर्दे तलब पुनरावलोकनका लागि आयोग गठन गरिने जानकारी दिएका थिए। ‘हचुवाको भरमा एक हजार महंगी भत्ता बढाइएको छ, त्यो अपुग छ’ उनले भने,‘पोशाक भत्ता १५ हजार रुपैयाँ पुर्याउन माग गरेका थियौं, १० हजार रुपैयाँ मात्र भयो।’ १० हजारले बढीमा दुई जोर कपडा आउने र एक वर्षमा २ जोर कपडा लगाउन असम्भव हुने कर्मचारी नेताहरुको टिप्पणी छ ।
कर्मचारी नेता मोहन घिमिरेका अनुसार, बीमा एक लाखबाट २ लाख पुर्याएकोमा त्यसले आफुहरुलाई ठूलो फाइदा नहुने बताँउछन । महंगीअनुसार तलब बृद्धि नभएपछि दबाब दिन आन्दोलन गर्ने र त्यसका लागि संगठनको राष्ट्रिय भेला बस्न लागेको पुण्य ढकालको भनाई छ । संगठनको बैठकबाट आन्दोलनका कार्यक्रमहरु ल्याइने उनी बताँउछन् ।