१३ अर्ब १५ अर्ब खर्च गर्छाैं, ८ प्रतिशतको आर्थिक बृद्धि हुन्छ भन्दै बजेट भाषण पढेर सके अर्थ मन्त्रीले



हाम्रो इकोनोमि

अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक बर्षको लागि १३ खर्ब १५ अर्ब रुपैयाँको बजेट ल्याएका छन् । उनले ब्यवस्थापिका संसदमा बजेट पेश गर्दै यस्तो जानकारी गराएका हुन् ।

यस्तो रकमको खर्चबाट आगामी आर्थिक बर्षमा ८ प्रतिशतको आर्थिक बृद्धि हुने अर्थमन्त्रीको भनाइ छ । सरकारले आगामी आर्थिक बर्षको मूल्य बृद्धि ६.५ प्रतिशतको सीमामा राख्ने जानकारी दिएको छ ।

सरकारले हालै मात्रै आगामी आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रम मार्फत घोषणा गरेको मदन भण्डारी राजमार्गका लागि आगामी आर्थिक वर्ष २०७४/०७५ का लागि ४ अर्ब ५० करोड बजेट छुट्टाएको छ ।

झापाको शान्तीनगर देखि पाल्पा ,प्युठान, सुर्खेत हुँदै डडेलधुरासम्म पुग्ने यो राजमार्ग १२ सय किलोमिटर लामो हुन्छ । जसमा अहिले धरान चतरा देखि हेटौडा सम्मको काम अघि बढिसकेको छ । ३०० किमीको यो खण्ड निर्माण सकिन लागेको छ । जसका लागि सरकारले चालु आर्थिक वर्षमा ३ अर्ब १५ करोड रुपैयाँ बिनियोजन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
पर्सा जिल्ला अदालत पुगेर रवि लामिछानेले तारेख बुझे

     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पर्सा जिल्ला अदालत...

७४ अंक घट्यो सेयर बजार

    बुधबार सेयर बजारको परिसूचक नेप्से ७४.७३ अंक घटेको छ । सो...

मार्चमा भित्रिए एक लाख २० हजारभन्दा बढी पर्यटक

    सन् २०२६ को मार्चमा १ लाख २० हजार ५१६ जना विदेशी...

सभामुखको निर्वाचन यही चैत २२ गते

     प्रतिनिधिसभाको सभामुखको निर्वाचन यही चैत २२ गते हुने भएको छ ।...