अर्थमन्त्रीले प्रधानमन्त्रीलाई बजेटको ब्रिफिङ गर्दै,क्याबिनेट बाट पास गराए पछी ओली बिद्या भेट्न जाने



हाम्रो इकोनोमि

प्रधानमन्त्री केपी शर्मा ओलीलाई आगामी आर्थिक वर्ष २०७५/७६ को बजेटको अन्तिम ब्रिफिङ गर्न अर्थमन्त्री डा. युवराज खतिवडा प्रधानमन्त्री कार्यालय पुगेका छन् ।

अर्थमन्त्री खतिवडा दिउँसो २ः २० मा प्रधानमन्त्रीलाई बिफ्रिङ गर्न अर्थ मन्त्रालयबाट निस्किएका हुन् । यतिखेर अर्थमन्त्रीले प्रधानमन्त्रीलाई बजेटको अन्तिम ब्रिफिङ गरिरहेका छन् । साथमा छन् योजना आयोगका उपाध्यक्ष डा. पुष्प कँडेल ।

प्रधानमन्त्रीको ब्रिफिङ सकेर अर्थमन्त्री खतिवडा मन्त्रिपरिषदले बैठकमा बजेटको आकार र प्राथमिकता पेश गर्नेछन् । मन्त्रिपरिषदले स्वीकृति दिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीलाई ब्रिफिङ गर्न शितलनिवास जानेछन् । शितल निवासबाट सीधै बानेश्वरमा रहेको संसद भवन पुगेर अर्थमन्त्री खतिवडाले ४ बजे बजेट सार्वजानिक गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस
पर्सा जिल्ला अदालत पुगेर रवि लामिछानेले तारेख बुझे

     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पर्सा जिल्ला अदालत...

७४ अंक घट्यो सेयर बजार

    बुधबार सेयर बजारको परिसूचक नेप्से ७४.७३ अंक घटेको छ । सो...

मार्चमा भित्रिए एक लाख २० हजारभन्दा बढी पर्यटक

    सन् २०२६ को मार्चमा १ लाख २० हजार ५१६ जना विदेशी...

सभामुखको निर्वाचन यही चैत २२ गते

     प्रतिनिधिसभाको सभामुखको निर्वाचन यही चैत २२ गते हुने भएको छ ।...