पेट्रोलियम पदार्थको भाउ बढाउने बजेटमै ब्यबस्था,अब प्रतिलिटर ५ रुपैया बढ्ने,विद्युतीय सवारीलाई फाइदा



हाम्रो इकोनोमि

आज संसदमार्फत् सार्वजानिक हुने बजेटले पेट्रोलियम पदार्थको भाउ बढाउने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले पेट्रोलियम पदार्थ आयात गर्दा लगाउने कर बढाएका छन् ।
यसअघि प्रतिलिटर ५ रुपैयाँ लिइँदै आएको पूर्वाधार कर यो बजेटमार्फत बढाएर १० प्रतिशत पुर्याइएको अर्थमन्त्री निकट स्रोतले जानकारी दिए ।

‘पेट्रोलियम पदार्थमा लाग्दै आएको पूर्वाधार करलाई बढाएर प्रतिलिटर १० रुपैयाँ पुर्याइएको छ,’ स्रोतले भन्यो, ‘यो कुरा हिँजो राति फाइनल भएको हो ।’

यसरी उठेको कर ठूला विकास आयोजना बनाउन खर्च गर्ने सरकारको योजना छ ।
यसअघि तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले २०७३/७४ को बजेटमार्फत् पहिलोपटक बुढीगण्डकी आयोजना निर्माणका लागि स्रोत जुटाउने उदेश्यले पेट्रोलियम पदार्थ आयात गर्दा प्रतिलिटर ५ रुपैयाँ पूर्वाधार कर लगाएका थिए । अहिलेसम्ममा १५ अर्ब बढी पूर्वाधार कर उठिसकेको छ ।

अर्थमन्त्री खतिवडाले विद्युतीय सवारीसाधनको आयातमा यसअघिको भन्दा खुकुलो नीति लिएको ती अधिकारीले बताए ।

‘पेट्रोलियम पदार्थ र यसबाट चल्ने सवारीसाधन निरुत्साहित गरी विद्युतीय सवारी साधनको आयातमा सहुलियत दिने सरकारको नीति छ,’ स्रोतले भन्यो ।
यसरी पेट्रोलियम पदार्थबाट उठाइएको अतिरिक्त कर विद्युतीय सवारीसाधनको चार्जिङ स्टेशनमा पनि खर्च गर्ने सरकारको योजना रहेको छ ।

प्रतिक्रिया दिनुहोस
पर्सा जिल्ला अदालत पुगेर रवि लामिछानेले तारेख बुझे

     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पर्सा जिल्ला अदालत...

७४ अंक घट्यो सेयर बजार

    बुधबार सेयर बजारको परिसूचक नेप्से ७४.७३ अंक घटेको छ । सो...

मार्चमा भित्रिए एक लाख २० हजारभन्दा बढी पर्यटक

    सन् २०२६ को मार्चमा १ लाख २० हजार ५१६ जना विदेशी...

सभामुखको निर्वाचन यही चैत २२ गते

     प्रतिनिधिसभाको सभामुखको निर्वाचन यही चैत २२ गते हुने भएको छ ।...