गरिबको प्यारो बन्न ओली सरकारले बजेटमा गर्यो यस्तो ब्यबस्था,कर्मचारीको तलब २० प्रतिशत बढ्ने भयो पक्का



हाम्रो इकोनोमि

गरिब जनताले बीमा गर्दा विशेष छुट पाउने भएका छन् । अर्थमन्त्री डा. युवराज खतिवडाले बजेटमार्फत् गरिब जनतालाई बीमा गर्दा विशेष छुटको ब्यवस्था गर्दैछन् ।
मन्त्री खतिवडाले लघु बीमा कार्यक्रमलाई बजेटमा विशेष प्राथमिकतामा राखेका छन् ।

गरिब जनताको जोखिम न्यूनिकरण गर्न र बीमाको पहुँच बिस्तार गर्न अर्थमन्त्रीले लघु बीमालाई उच्च प्राथमिकतामा राखेर बजेट तयार पारेको अर्थ मन्त्रालयका एक अधिकारीले बताए ।

अर्थमन्त्री निकट स्रोतका अनुसार खतिवडाले सर्वहारा वर्गको प्रतिनिधित्व गर्ने कम्युनिष्ट सरकारले गरिब जनतालाई विशेष राहत हुनेगरी लघु बीमा कार्यक्रमलाई बजेटमा सहभागी गराएका हुन् ।

स्रोतका अनुसार लघु बीमा गर्दा तिर्नुपर्ने बीमा शुल्कको ५० देखि ७५ प्रतिशतसम्म सरकारले नै तिरिदिने र बीमा कम्पनीलहरुले आगामी ५ वर्षभित्र आफ्नो ब्यवसायको आकारको निश्चित प्रतिशत लघु बीमा गरेको हुनुपर्ने व्यवस्था गर्न लागिएको छ ।

यदि बजेटमा यो उल्लेख भएन भने ‘लघु बीमा कार्यक्रलाई उच्च प्राथमिकताका साथ अघि बढाइने छ,’ उल्लेख हुने र पछि बीमा समितिलगायत सरोकारवाला निकायहरुसँग छलफल गरेर छुटको कुरा उल्लेख हुन पनि सक्छ ।

‘बजेटले लघुमा बीमा कार्यक्रमले उच्च प्राथमिकता पाएको छ, यसमा मन्त्रीज्यूको ठूलो इन्ट्रेस्ट पनि छ,’ स्रोतले भन्यो ।

स्रोतका अनुसार सामाजिक सुरक्षालाई पनि अर्थमन्त्री खतिवडाले बीमासँग जोडेर अघि बढाउन खोजेका छन् । बाम गठबन्धनले चुनाबअघि वृद्धभत्ता ५ हजार पुर्याउने भनेर घोषणा गरेको भए पनि बजेटले वृद्धभत्ता नबढाउने बरु बृद्धवृद्धाको उपचार खर्चमा सहुलियत दिने जस्ता कार्यक्रम ल्याउने तयारी गरिरहेको छ ।
त्यस्तै, निजामति कर्मचारीको तलब नबढाउने तर सबै कर्मचारीको स्वास्थ्य बीमा गरिदिने कार्यक्रम पनि बजेटमा समावेस गरिएको स्रोतको दाबी छ ।

लामो समयपछि दिगो सरकार बनेकाले कर्मचारीको अपेक्षा ठूलो छ । कर्मचारी ट्रेड युनियनहरूले अघिल्लो पटक पनि तलब नबढेकाले यसपटक २५ प्रतिशतभन्दा बढी बढाउनुपर्ने माग गर्दै आएका छन् । सरकारले भने १५ देखि २० प्रतिशतसम्म बढाउने तयारी गरेको अर्थ मन्त्रालय स्रोतले जनाएको छ ।

निजामति कर्मचारीको दुई वर्षमा तलब समायोजन गर्नुपर्ने कानूनी व्यवस्था छ । सोही कारण सरकार दबाबमा छ । हरेक दुई वर्षमा महँगीको अवस्थालाई हेरेर तलब सुविधा बढाउने व्यवस्था निजामति कर्मचारी ऐनमा छ, जुन अघिल्लो सरकारले बढाएको थिएन ।

तीन वर्षअघि गठित केपी ओली नेतृत्वको सरकारले २५ प्रतिशत तलब बढाएको थियो ।

प्रतिक्रिया दिनुहोस
कसैसँग गठबन्धन गर्दैनौं : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने...

बाबुराम भट्टराईलाई पितृशोक

     पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक...

टर्किस एयरको इन्जिनमा आगो लाग्यो, काेलकातामा आकस्मिक ल्याण्ड

    काठमाडौंबाट टर्कीको इस्तानबुलका लागि उडान भरेको टर्किस एयरलाइन्सको जहाजमा प्राविधिक समस्या...

एमालेको घोषणापत्रमा स्वतन्त्रता, स्वाभिमान, राष्ट्रियता, विकास र सुशासन आउँछ : ईश्वर पोखरेल

    नेकपा (एमाले) का नेता तथा काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधिसभा...