डाक्टरकै सहयोगमा अस्पतालमै यसरी चोरियो मिर्गौला,चोरीको मिर्गौला प्रत्यारोपण गरिएका प्रहरी खोरमा जाकीए



हाम्रो इकोनोमि

मानसिक रुपमा बिरामी रहेका एक युवकलाई झुक्याएर मिर्गौला निकालिएको छ। नाता प्रमाणीकरणको नक्कली कागजपत्रका आधारमा भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमा काभ्रे, नालाका कुमार गिरीको मिर्गौला चोरी भएको हो।

गिरी आफ्नो छोरो भएको भन्दै नक्कली कागजपत्र बनाएर गिरीको मिर्गौला निकालेर मोरङका थर्कबहादुर बस्नेतलाई प्रत्यारोपण गरिएको छ। बस्नेतलाई प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।

पीडितका आफन्त प्रह्लाद गिरीका अनुसार वैशाख १० गते गिरीको मिर्गौला निकालेर बस्नेतलाई प्रत्यारोपण गरिएको थियो। गिरीलाई बस्नेतका छोरा आशिष भएको भन्दै नाता प्रमाणिकारणका नक्कली कागजपत्र बनाएर मिर्गौला प्रत्यारोपण गरिएको हो। आशिष फरार रहेको प्रहरीले जनाएको छ।

पीडित गिरीका गाउँले लालचन्द्र गिरी र डिल्लुराम गिरीसँग आशिषको चिनजान थियो। सोही आधारमा उनले आफ्नो बुबालाई मिर्गौला दिने व्यक्ति खोजी गरेका थिए। उनीहरुले आफ्नो गाउँ सुस्त मनस्थितिका व्यक्ति रहेका उसलाई आर्थिक प्रभावमा पारेर मिर्गौला निकाल्न सकिने आश्वासन दिएका थिए।

सोही अनुसार २ महिनासम्म गिरीलाई पालन–पोषण गरेर पत्थरीको समस्या छ भन्दै त्यसको उपचारका नाममा अस्पताल भर्ना गरेर मिर्गौला निकालिएको पीडितको भनाइ छ। नेपालको कानुन अनुसार नजिकका आफन्तबाहेक अन्यले मिर्गौला दिन मिल्दैन।

गिरी अस्पतालबाट डिस्चार्ज भएपछि उनलाई नागार्जुनस्थित आफन्तको घर नजिकै लगेर केही दिनअघि छाडिएको थियो। आफन्तले पेट चिरिएको देखेपछि सोधपुछ गर्दा मिर्गौला निकालिएको खुलेको हो।

जसअनुसार शुक्रबार पीडितका आफन्तले भक्तपुर प्रहरीमा उजुरी गरेपछि मिर्गौला प्रत्यारोपण गरिएका बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ। घटनामा संलग्न थप व्यक्तिको खोजी भइरहेको भक्तपुर परिसरका डिएसपी कृष्ण प्रसाईंले बताए। पीडित पक्षले घटनामा अस्पतालको समेत मिलेमतो रहेको आशंका गरेका छन्।

अस्पताल र डाक्टरमाथि प्रश्न

अस्पतालले दाताबाट मिर्गौला झिक्नुअघि चार वटा जाँच गर्नुपर्छ। पहिलो, शारिरीक रुपमा स्वस्थ छ कि छैन? दोस्रो, कानुनी रुपमा सबै कागजात ठिकठाक छन् कि छैनन्। तेस्रो, दान गर्ने व्यक्ति मानसिक रुपमा स्वस्थ छ कि छैन। र चौथो, सर्जिकल रुपमा फिट छ कि छैन।

कानुनी रुपमा बनाइएका नक्कली कागजात अस्पतालले छुट्याउन नसके पनि सुस्त मनस्थितिको भनिएकाले अस्पताल र डाक्टरतिर पनि प्रहरीको अनुसन्धान मोडिएको छ।

किनभने मिर्गौला निकाल्नुअघि मानसिक रोग विशेषज्ञले जाँचेर स्वस्थ प्रमाणित गर्नुपर्छ। खासगरी दाताको ‘आइक्यु जाँच’ गरिने गरेको पाइन्छ। सुस्त मनस्थिति भएकाहरुले उक्त आइक्यु जाँच पास गर्न सक्ने सम्भावना कम हुन्छ। नेपाल लाइभको सहयोगमा

प्रतिक्रिया दिनुहोस
६ दलले पाए राष्ट्रिय दलको मान्यता

    २१ फागुनको निर्वाचनबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दल बनेका छन्...

समानुपातिकतर्फको मतगणना सकियो

    यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको...

निर्वाचनको परिणामपछि एमालेले चाल्नुपर्ने कदम

    डा. केशव देवकोटा     नेपालमा गत २१ गते प्रतिनिधिसभाको निर्वाचन...

ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...