एकै मूलको पानीमा तत्कालिन एमाले र कांग्रेसको भागबन्डा,अझै पनि एमाले र कांग्रेसका छुट्टै-छुट्टै धारा



जिल्लाको अति–विकटमा रहेको हिमाली गाउँपालिका–२ रुम्दीमा राजनीतिक आस्थाकै कारण खानेपानिका धारासमेत अलग छन् भन्दा अचम्म लाग्न सक्छ । तर, यो सत्य कुरा हो, सो वडामा तत्कालीन नेकपा एमाले र नेपाली कांग्रेसका नाममा दुई वटा धारा रहेका छन् ।

एउटै गाउँ, एउटै ठाउँ भए पनि छुवाछुतजस्तो कुप्रथा झल्कने गरी धारामा पनि पार्टीगत छुवाछुत रहेको हो । गत ३१ वैशाखमा भएको स्थानीय तहको निर्वाचनका वेला दुई पार्टीबीच विवाद हँदा ३३ परिवार रहेको सो गाउँमा दुई धारा निर्माण भएका हुन् । स्थानीय चुनावमा समान्य विवाद भएकै कारण एमाले र कांग्रेसमा आस्था राख्ने स्थानीयवासीले गाउँमा फरक–फरक धारा निर्माण गरेका हुन् ।

त्यहाँ एक पार्टीका मान्छेले अर्को पार्टीको धारा नछुनेदेखि लिएर पानी नै नखाने गरी स्थानीय कट्टर रूपमा उत्रिएका छन् । स्थानीय १५ परिवार थापा र १८ परिवार खड्का थरका मानिस बसोवास गर्ने रुम्दीका बासिन्दा राजनीतिक आस्थाका आधारमा धारामा समेत कांग्रेस र एमाले लेखेर पानी प्रयोग गरिरहेका छन् । स्थानीय निर्वाचनदेखि दुई पार्टीका मानिसले अलग–अलग धाराको पानी खाने गरेको स्थानीय विष्णु थापाले बताएका छन् ।

उक्त गाउँमा एमालेले कांग्रेसको धाराको पानी खाँदैनन् भने कांग्रेसले समेत एमालेको धारामा पानी खाँदैनन् । दुवै पार्टीका धारा निकै नजिक रहेका छन् । गाउँमा एमालेको धारामा पानी नआए कांग्रेसको धारामा नजाने र कांग्रेसको धारामा पानी नआए एमालेको धारामा नजाने, बरु एक घण्टा ओराली–उकाली हिँडेर खोलाको पानी ल्याएर खाने गरेका छन् । एमाले र कांग्रेसका नेताका पहलमा योजनासमेत अलग–अलग दिएपछि दिनप्रतिदिन गाउँले झन् विवादित बन्दै गएका रुम्दी प्राथमिक विद्यालयका प्रधानाध्यापक धर्मसिंह धामीले बताए ।

रुम्दीमा बसोवास गर्ने स्थानीय बासिन्दालाई एकआपसमा भएको पार्टीगत समस्यालाई गाउँमा नल्याउन आग्रह गरे पनि कोही कसैले नमान्ने गरेको धामीको गुनासो छ । गाउँमा कोही नयाँ मान्छे आएपछि कुन धारामा पानी खायो भनेर गाउँभरि नै चर्चा चल्ने गर्दछ । ‘बाहिरबाट आउने मानिससमेत यो गाउँमा आएपछि राजनीतिक धारामा फस्ने गरेको छ,’ धामीले अगाडि भने, ‘जम्मा दुई वटा धारा मात्र रहेकाले खानैपर्ने बाध्यता हुने हँुदा ऊ कुन दलसँग नजिक छ भन्ने कुरा गाउँलेले काट्न थालिहाल्छन् ।’ एमालेको चुनाव चिह्न बनाएको धारामा पानी खायो भने एमालेको मान्छे रहेछ भन्ने र कांग्रेसको चुनाव चिह्न बनाएको धाराको पानि खायो भने कांग्रेसको मान्छे रहेछ भनी शंका गर्नेसमेत चलन भएको हिमाली गाउँपालिकाका प्रवक्ता तथा कांग्रेस नेता रमेश विकले गुनासो गरे ।

गाउँपालिकाबाट यसको समाधानका लागि पहल नभएको पनि होइन । तर, यहाँ दुई थर र पार्टीका नाममा निकै ठूलो खाडल पैदा भइसकेको देखिएको दुवै दलका नेताहरूले बताउँदै आएका छन् । रुम्दीको यो समस्या समाधान गर्न आफूले पटक–पटक पहल गरे पनि स्थानीयले नमानेका, बरु उल्टै आफूलाईसमेत आक्षेप लाउने गरेका गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लले बताए । अध्यक्ष मल्लले यो समस्या आगामी दिनमा दुवै पार्टीका नेता–कार्यकर्तालाई सँगै राखेर समाधान गर्ने गरी पहल भइरहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
प्रधानन्यायधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन

     प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन भएको छ । बुधवार बसेको संसदीय

२६ अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो

    बुधबार सेयर बजारको परिसूचक नेप्से २६ सयमुनि झरेको छ । अघिल्लो

निर्माण कम्पनीहरुको रकम दशैं अगाडि भुक्तानी हुन्छ : अर्थमन्त्री

    अर्थमन्त्री विष्णु पौडेलले निर्माण सम्पन्न गरिसकेका निर्माण कम्पनीहरुको रकम भुक्तानी दशैं

सिनामंगलस्थित प्राधिकरणको कार्यालयमा अख्तियारको छापा

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सिनामंगलस्थित नेपाल नागरिक उड्डयन प्राधिकरणको कार्यालयबाट