क्रिकेट र फुटबलमा करोडौंको जुवा,म्याच फिक्सिङमा पक्राउ परेकाको खुल्यो यस्तो धन्धा,यी सबै जाकिए खोरमा



विश्वका महत्वपूर्ण र लोकप्रिय खेल क्रिकेट र फुटबलका अन्तर्राष्ट्रिय म्याचको जितहार, गोल र रनका आधारमा जुवा खेलाउने ६ जना पक्राउ परेका छन्।

महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको बिशेष टोलीले पूर्व राष्ट्रिय खेलाडी अन्जन केसी सहित ६ जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा केसी सहित गौरब तिवारी, दिनेश बोगटी, नगेन्द्र सुवाल, भुपेन्द्र कुँवर र विजय श्रेष्ठ छन्।

प्रहरीले उनीहरुले क्रिकेट र फुटबलका खेलहरुमा जितहार, रन, विकेट र गोलका आधारमा अनलाईन जुवा खेलाउने गरेका थिए। पक्राउ परेका सबैले जुवा खेलाउन बुकीको कामगर्दै आएको प्रारम्भीक अनुसन्धानमा खुलेको छ। प्रहरीले उनीहरुका साथबाट जुवा खेलाउन प्रयाेग भएका माेबाइल, ल्यापटप र नगद बरामद गरेकाे छ।

परिसरले मंगलबार काठमाडौं जिल्ला अदालतबाट जुवा ऐन र ठगीमा म्याद लिने तयारी गरिरहेको छ।
प्रहरीले पक्राउ गरेका केसी यसअघि म्याच फिक्सिङमा पक्राउ परेका आरोपी हुन्।

प्रतिक्रिया दिनुहोस
पाँच हजार मेगावाट पीपीए गर्दै विद्युत् प्राधिकरण

    नेपाल विद्युत् प्राधिकरणले ५ हजार मेगावाटका जलविद्युत् आयोजनासँग विद्युत् खरिद सम्झौता

हारेकाले अर्को संगठन बनाउँदैमा एनआरएनए विभाजित हुँदैन : प्रधानमन्त्री

    गैर आवासीय नेपाली संघ विभाजन गर्ने शेष घले र महेश श्रेष्ठलगायतको

राष्ट्र बैंकमा ३ खर्ब ३५ अर्ब थुप्रियो, व्यवस्थापन गर्न सकस

    वित्तीय प्रणालीमा अधिक तरलता भएसँगै केन्दीय बैंकलाई तरलता र ब्याजदर व्यवस्थापन

नबिल प्रिमियम रेमिटेन्स बचत खाता वैदेशिक रोजगार श्रमीककालागी साथी

    विदेशमा कामगर्न गएका र श्रम स्वकिृत लिएर बसेको रोजगारीका लागी विदेश