क्रिकेट र फुटबलमा करोडौंको जुवा,म्याच फिक्सिङमा पक्राउ परेकाको खुल्यो यस्तो धन्धा,यी सबै जाकिए खोरमा



हाम्रो इकोनोमि

विश्वका महत्वपूर्ण र लोकप्रिय खेल क्रिकेट र फुटबलका अन्तर्राष्ट्रिय म्याचको जितहार, गोल र रनका आधारमा जुवा खेलाउने ६ जना पक्राउ परेका छन्।

महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको बिशेष टोलीले पूर्व राष्ट्रिय खेलाडी अन्जन केसी सहित ६ जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा केसी सहित गौरब तिवारी, दिनेश बोगटी, नगेन्द्र सुवाल, भुपेन्द्र कुँवर र विजय श्रेष्ठ छन्।

प्रहरीले उनीहरुले क्रिकेट र फुटबलका खेलहरुमा जितहार, रन, विकेट र गोलका आधारमा अनलाईन जुवा खेलाउने गरेका थिए। पक्राउ परेका सबैले जुवा खेलाउन बुकीको कामगर्दै आएको प्रारम्भीक अनुसन्धानमा खुलेको छ। प्रहरीले उनीहरुका साथबाट जुवा खेलाउन प्रयाेग भएका माेबाइल, ल्यापटप र नगद बरामद गरेकाे छ।

परिसरले मंगलबार काठमाडौं जिल्ला अदालतबाट जुवा ऐन र ठगीमा म्याद लिने तयारी गरिरहेको छ।
प्रहरीले पक्राउ गरेका केसी यसअघि म्याच फिक्सिङमा पक्राउ परेका आरोपी हुन्।

प्रतिक्रिया दिनुहोस
पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...