भारत सधै शत्रु थियो बल्ल मैले मित्रु बनाए भन्दै ओलीले भने- सुन तस्कर सहितका अन्य तस्करलाई काँजो लगाऊछु



प्रधानमन्त्री केपी ओलीले आफ्नो पछिल्ला एक सय दिनको कार्यकालमा नेपाल र भारतबीचको सम्बन्ध सुमधुर भएको र बल्ल आफुहरु छिमेकी जस्तो भएको बताएका छन् ।

प्रधानमन्त्री ओलीले पछिल्ला सय दिनको अनुभव भिडियोमार्फत संक्षिप्तरुपमा सार्वजनिक गर्दै आफु प्रधानमन्त्री भएपछि भारत भ्रमणमा गएको र भारतीय प्रधानमन्त्री पनि नेपाल आएको अनि आफुहरुबीचको सम्बन्ध पनि समुधुर बन्न सफल भएको बताएका हुन्।

यस्तै यसबीचमा सार्वजनिक यातायात क्षेत्रमा डरलाग्दोरुपमा देखा परेको सिन्डिकेट कहिल्यै नजोडिने गरी तोडेको दावी प्रधानमन्त्री ओलीले गरेका छन् । प्रधानमन्त्री ओलीले सुन तस्करी मात्रै नभई सबै किमिसका तस्करीमाथि धावा बोलेको समेत बताएका छन् ।

‘सुन तस्करहरुमाथिको निर्मम कारवाही सुरु भएको छ । यो कारवाही सुनतस्करमाथिको मात्र होइन। यो सबै तस्कर माथिको कारवाहीको पारम्भ हो’, प्रधानमन्त्री ओलीले भनेका छन् ।

यस्तै रोजगारीको अभावमा मुलुक बाहिर काम खोज्न जान बाध्य गरिब तथा निमुखामाथि केही व्यक्तिले विभिन्न नाममा वर्षौदेखि गरिरहेको ठगीमाथि पनि कारवाही सुरु भएको प्रधानमन्त्री ओलीको भनाई छ ।

प्रधानमन्त्री ओलीले रेल सञ्चालन राष्ट्रिय सपना भएको र यो सपनालाई पुरा गर्न आउँदो भदौंसम्म सम्पन्न हुने गरी केरुङ —काठमाडौं, पोखरा—लुम्बिनी रेलमार्गको प्राम्भीक संभाव्यता अध्ययन सुरु गर्न चिनियाँ पक्ष सहमत भएको जानकारी दिए।

यस्तै एक वर्षमा सम्पूर्ण सर्वेक्षण सक्ने गरी काठमाडौं—वीरगञ्ज रेलमार्ग निर्माणका लागि भारत सहमत भइसकेको पनि प्रधानमन्त्री ओलीले बताएका छन् ।

भारतीय प्रधानमन्त्री नेपाल आएका बेला नौं सय मेघावाट जलविद्युत परियोजनाको शिलान्यास हुुनुलाई पनि प्रधानमन्त्री ओलीले आफ्नो सय दिने कार्यकालको अर्को महत्वपूर्ण उपलब्धी ठानेका छन् ।

यसैगरी विगत १० वर्ष देखि सरकारलाई अटेर गर्दैै सञ्चालनमा आएको भारतीय राजदूतावासको अस्थायी शिविर हटाउन आफु सफल भएको उनको भनाई छ।

सरकारी ढुकुटु नाजुक भएको अवस्थामा आफुले सरकारको नेतृत्व लिएको र राज्यको ढुकुटी रित्तिन महत्वपूर्ण भूमिका खेलेको सरकारी कर्मचारीको अनावश्यक विदेश भ्रमणमा कडाई गरेको ओलीले बताएका छन् ।

त्यसबाट एक वर्षमा एक वर्षमा १५ अर्व रुपैयाँ बचत हुने घोषणा गर्न पाउँदा आफुले पनि गर्व अनुभूति गरेको प्रधानमन्त्री ओलीले बताएका छन् ।

प्रधानमन्त्री ओलीले यसअघि सबैजसो सार्वजनिक कार्यक्रममा भाषण गर्दै आएको भ्रष्टचारीका दिन गए, म पनि भ्रष्टचार गर्दिन, अरुलाई पनि गर्न दिन्न भन्ने राष्ट्रिय नारा कार्यान्वयनमा ल्याएर छोड्ने दावी गरेका छन् ।

यसबीच विमानस्थलको सेवा विस्तार गर्नु, लोडसेटिङबाट मुलुकलाई मुक्त बनाउनुलाई पनि सरकारको उपलब्धीकारुपमा प्रधानमन्त्री ओलीले लिएका छन् ।

ओली सरकारका एक सय दिनमा बसेका २० वटा मन्त्रिपरिषद बैठकले दुई सय ४५ वटा निर्णय गरेका छन् ।

समृद्ध नेपाल, सुखी नेपाली र लोप्रिय हुन होइन काम गरेर लोकप्रिय हुने योजना भएको बताउने ओलीले आर्थिक विकास, आमरुपमा रोजगारीको अवसर, शासकीय सुधार र भ्रष्टचार नियन्त्रण राष्ट्रिय कार्यसूचीमा पारेको बताए।

आफ्नो नीति तथा कार्यक्रममार्फत दीर्घकालिन दृष्टिकोण, उद्देश्य र राष्ट्रिय लक्ष्य स्पष्टताका साथ प्रस्तूत गरिकेको पनि ओलीले दावी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
प्रधानन्यायधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन

     प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन भएको छ । बुधवार बसेको संसदीय

२६ अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो

    बुधबार सेयर बजारको परिसूचक नेप्से २६ सयमुनि झरेको छ । अघिल्लो

निर्माण कम्पनीहरुको रकम दशैं अगाडि भुक्तानी हुन्छ : अर्थमन्त्री

    अर्थमन्त्री विष्णु पौडेलले निर्माण सम्पन्न गरिसकेका निर्माण कम्पनीहरुको रकम भुक्तानी दशैं

सिनामंगलस्थित प्राधिकरणको कार्यालयमा अख्तियारको छापा

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सिनामंगलस्थित नेपाल नागरिक उड्डयन प्राधिकरणको कार्यालयबाट