कांग्रेस एक्लियो,राजपालाई सभामुख,उपेन्द्रलाई यी तीन मन्त्रालय,यसरी गर्ने भए ओलीले सत्ता कब्जा



हाम्रो इकोनोमि

संघीय समाजवादी फोरम नेपाल सरकारमा जान सहमत भएको छ।  आज बिहान नेपाल कम्युनिस्ट पार्टी र फोरमबीच भएको सहमतिअनुसार सरकारमा सामेल हुन फोरमले सहमति जनाएको हो। दुई दलबीच भएको वार्तामा दुई बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको छ। नेकपाको तर्फबाट सहमतिपत्रमा दुई अध्यक्षहरु प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले र फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गरेका छन्। योसँगै केन्द्रमा संघीय  फोरम सरकारमा जाने, दुई नम्बर प्रदेशमा नेकपा सरकारमा जाने भएपछि प्रदेशमा राजपा माइनस हुने भएको छ । स्रोतका अनुसार राजपा अध्यक्ष मण्डलका अध्यक्ष महनथ् ठाकुरलाई सभामुखको जिम्मेवारी दिइने तयारी छ ।  एमाले र माओवादी पार्टी एक भएसँगै सभामुख र उपसभामुख एउटै दलको भएका कारण एउटा पद छोड्नुपर्ने बाध्यतामा नेपाल कम्युनिष्ट पार्टी पुगेको कारण सभामुख वा उपसभामुखमध्य कुनै पद राजपाले पाउनेछ ।  सहमति अनुसार फोरम नेपालले उठाउँदै आएका मागहरु सम्वोधन गर्न नेकपा सहमत भएको छ। यो सहमतिसँगै प्रदेश २ मा समेत सत्ता समिकरण बद्लिने सम्भावना बढेको छ।

कुन कुन मन्त्रालय पाँउदैछन् ? 

यस्तै केन्द्रमा समेत केही मन्त्रीहरुको जिम्मेवारी हेरफे हुने सम्भवना देखिदै छ । अहिले प्रधानमन्त्री ओली मातहत शहरी विकास मन्त्रालय छ भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र सञ्चार मन्त्रालय राज्यमन्त्रीहरुले चलाइरहेका छन् । यादव आफैं सरकारमा सामेल हुने भएमा सञ्चार मन्त्रालय लिएर जाने अन्यथा स्वास्थ्य र शहरी विकास दुई मन्त्रालय लिने मोटामोटी सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले ११ औँ महाधिवेशन निर्वाचनको मतगणना शुरु

    नेकपा एमालेको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतदानपछि मतगणना शुरु हुँदैछ...

अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...