१० सांसदको समर्थनमा यी दुई अध्यक्षले राजपा फुटाऊदै,दुई अध्यक्षको प्रधानमन्त्री संग तारन्तार सम्पर्क



हाम्रो इकोनोमि

प्रदेश नम्बर २ मा नेपाल कम्युनिष्ट पार्टीले सरकारबाट समर्थन फिर्ता लिएसँगै राजपा फुटको संघारमा पुगेको छ। संघीय सरकारका शक्तिशाली प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश २ मा नेकपाको नेतृत्वमा सरकार बनाउन राजपा फुटाउन लागेका हुन्। ओलीलाई धनुषाबाट निर्वाचित नेता राजेन्द्र महतोको बलियो साथ रहेको बताइन्छ। महतोको कमाण्डिङमा पार्टी फुट्न लागेको र फुटेको समूहसँग मिलेर ओलीले प्रदेश २ मा नेकपाको सरकार बनाउन तयारी थालेको बालुवाटारनिकट उच्च स्रोतले बतायो। राजपाका अर्का अध्यक्ष महेन्द्र राय यादवले पनि ओलीलाई साथ दिने भएका छन्।

संघीय समाजवादी फोरमको नेतृत्वमा रहेको प्रदेश सरकारबाट प्रधानमन्त्री असन्तुष्ट छन्। खासगरी फोरमबाट मुख्यमन्त्री बनेका लालबाबु राउतको संविधानबारे भारतीय प्रधानमन्त्रीसामु आपत्तिजनक अभिव्यक्ति र विखण्डनकारी सीके राउतसँग साँठगाँठलाई लिएर असन्तुष्ट बनेका ओलीले प्रदेश २ मा सरकार फेर्ने तयारी थालेका छन्। त्यसमा पनि फोरम र राजपाको सरकारले नेकपालाई प्रमुख प्रतिपक्षीको मान्यता नदिएपछि ओली झनै चिढिएका थिए। उनकै निर्देशनमा आइतबार नेकपाले सरकारबाट समर्थन फिर्ता लिने निर्णय गरेको थियो।

को को फुटाउँदैछन् ?

नेकपाले समर्थन लिइसकेपछि राजेन्द्र महतो फोरमसँगको सहकार्य तोड्नुपर्ने पक्षमा छन्। उनले अध्यक्ष मण्डलमा फोरमसँग सहकार्य तोडि प्रदेशमा नेकपासँग मिलेर सरकार बनाउनुपर्ने मत जाहेर गर्दै आएका छन्। उनलाई अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले पनि साथ दिएका छन्। तर, अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर, अनिल झा, शरतसिंह भण्डारी फोरमसँग सहकार्य गरेरै अगाडि बढ्नुपर्ने पक्षमा छन्। अहिले गठबन्धन तोड्नुहुन्न, जनताले दिएको म्याण्डेड पुरा गर्नुपर्छ भन्ने लाइनमा ठाकुर समूह रहेको छ। हामीले मधेसको लागि लड्नुपर्छ, मधेसको विकासको सहकार्य गर्नुपर्छ, नेकपासँग सहकार्य गरेर पूरा हुँदैन भन्ने रहेको पनि रहेको छ।

यता राजेन्द्र महतोले भने प्रदेशमा नेकपासँग गठबन्धन गरेर सरकार बनाउनुपर्ने र केन्द्र सरकारमा सहभागी हुनुपर्ने मत राख्दै आएका छन्। यसबाट नै मधेसको बटमलाइन संविधान संशोधन गराउन सकिने उनको तर्क छ। यदि आफ्नो कुरा नमाने पार्टी समेत फुटाउने चेतावनी महतोले दिएका छन्।

प्रतिक्रिया दिनुहोस
एमाले ११ औँ महाधिवेशन निर्वाचनको मतगणना शुरु

    नेकपा एमालेको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतदानपछि मतगणना शुरु हुँदैछ...

अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...