पूर्वराजा कम्युनिस्ट मिलेकै बेला कांग्रेसलाई पछार्ने गरी राप्रपालाई एक बनाएर हिरो बन्न यति सम्म गर्दैछन्



झापामा तीन वटै राप्रपाका नेताहरुसँगको भेटलगत्तै काठमाडौं फर्केर पूर्वराजाले पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दसहित राप्रपाका तीनवटै घटकका नेताहरुलाई भेटेको खुलाशा भएको छ। अघिल्लो हप्ता बीरगञ्जमा सम्पन्न राप्रपा केन्द्रीय परिषदको बैठकमा राप्रपा अध्यक्ष कमल थापाले यसको खुलाशा गरेका हुन्।

केन्द्रीय परिषदको बैठकमा पूर्वराजासँग अध्यक्ष थापाको सम्बन्ध बिग्रेको कुरा उठेपछि स्पष्टिकरण दिने क्रममा अध्यक्ष थापाले सो कुराको खुलाशा गरेका हुन्। बीरगञ्ज बैठक हुनुुअघिपनि आफूले पूर्वराजालाई भेटेर आएको बताउँदै आफूसहित तीनै राप्रपाका अध्यक्षहरुले पूर्वराजालाई अघिल्लो महिना भेटेको थापाले बताएका थिए।

‘यहाँ आउनुअघि पनि सरकार (पूर्वराजा ज्ञानेन्द्र शाह) सँग मेरो भेट भएको थियो, हामीबीच केही मिस अन्डरस्ट्याण्डिङ रहेपनि अब त्यो छैन, सरकार र मबीच राम्रो कुराकानी भएको छ’ राष्ट्रिय परिषद बैठक समापनको दिन थापाले भनेका थिए, ‘अघिल्लो महिना बरिष्ठ नेता लोकेन्द्रबहादुर चन्द सहित तीनै अध्यक्षले सरकारलाई भेटेका पनि थियौं।’

यति भन्दै थापाले ‘सरकार (पूर्वराजा) राप्रपाको भविष्यको बारेमा सरकार चिन्तित होइबक्सन्छ’ भन्ने सन्देश सुनाएका थिए। ‘बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति बनोस् भन्ने उहाँको चाहना छ’ थापाको भनाई थियो, ‘यसका लागि राप्रपाका तीनवटै घटकहरुबीच एकता हुनुपर्छ भन्ने सरकारको भित्री चाहना छ।’

पूर्वराजा शाक झापाबाट फर्केलगत्तै पूर्व प्रधानमन्त्री एबं राप्रपा बरिष्ठ नेता लोकेन्द्रबहादुर चन्द सहित राप्रपा अध्यक्ष कमल थापा, राप्रपा प्रजातान्त्रिक) का अध्यक्ष पशुपति शमशेर राणा र एकिकृत राप्रपा राष्ट्रवादीका अध्यक्ष डा प्रकाशचन्द्र लोहनी बैशाख पहिलो साता निर्मल निवास पुगेर पूर्वराजालाई भेटेका थिए।

त्यसमध्ये थापा र पूर्व प्रधानमन्त्री चन्दले ६ बैशाखमा, राणा र लोहनीले ७ बैशाखमा पूर्वराजालाई भेटेका थिए। पूर्वराजाको सबैभन्दा लामो कुराकानी राप्रपा अध्यक्ष पशुपति शमशेर राणासँग भएको थियो। झापामा जस्तै यी भेटहरुमा पनि पूर्वराजा शाहले विभाजित तीन वटै राप्रपाबीच एकता हुनुपर्नेमा जोड दिएका थिए।

कमल-धबल द्वन्द्व
स्रोतका अनुसार, प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा राप्रपाको पराजयपछि नेपालगञ्ज उपमहानगरपालिकाको मेयर समेत रहेका राप्रपा महामन्त्री धबल शमशेर राणाले आन्तरिक रुपमा अध्यक्ष थापाको राजिनामा माग्न थालेका थिए। केन्द्रीय परिषद बैठकको उद्घाटन (७ जेठ) मा थापाको एउटा अभिव्यक्तिका कारण महामन्त्री राणा झनै चिढिए।

पशुपति शमशेर पक्षले आफूमाथि ‘अप्रजातान्त्रिक’ भन्ने आरोप लगाइरहेका बेला आफ्नै महामन्त्री राणाले चुनावी परिणामलाई आधार बनाउँदै आफ्नो राजिनामा मागेपछि आक्रोसित भएका थापाले उद्घाटन कार्यक्रममा भनेका थिए, ‘कसैलाई मन छैन भने पार्टी छाडेर गए हुन्छ, म उसलाई माला लगाएर बिदा गर्छु।’

‘६५ प्रतिसत केन्द्रीय सदस्य निर्वाचित हुने पार्टीमा ३५ प्रतिसत केन्द्रीय सदस्य मनोनित गर्दा अप्रजातान्त्रिक भयो भनिएको छ’ अध्यक्ष थापाले भनेका थिए, ‘पार्टीप्रतिको आकर्षण घटेको छ, यस्तो स्थितिमा बाटोमा हिँड्दाहिँड्दै गरेका मानिसलाई केन्द्रीय सदस्य बनाउनुपर्ने स्थिति छ। अनि ३५ प्रतिसत मनोनित गर्‍यो भनेर अप्रजातान्त्रिक भन्न मिल्छ?’

थापाले आफूप्रति लक्ष्यित गर्दै यस्तो प्रहार गरेपछि राणा थप बिच्किए। राणा बिच्किएको देखेपछि बैठक समापनमा पदाधिकारीमध्येबाट राणालाई मात्र बोल्न दिइयो। बैठक समापनमा बोल्ने क्रममा राणाले भने, ‘मैले पार्टीको भविष्य ख्याल गर्दै राजिनामा दिँदा राम्रो हुन्छ भनेर सुझाव दिएको हुँ, अध्यक्षले मलाई लक्ष्यित गर्दै पार्टीबाट विदाई गर्छु नभनेको भए राम्रो हुन्थ्यो।’

राणापछि अध्यक्ष थापाले बोले। थापाको भनाई थियो, ‘धबलजी र म दाजुभाई जस्तै साथी हौं। मेरो कुराले उहाँलाई बिझ्छ कि बिझ्दैन भनेर त्यो कुरा जानाजान भनेको हुँ। उहाँलाई बिझ्यो र उहाँले आफ्नो गल्ती महसुस पनि गर्नुभयो। अब हामी सँगै मिलेर पार्टीलाई अघि बढाउँछौं। हामीबीचको सम्बन्धमा कुनै समस्या छैन।’

त्यसपछि थापाले निर्वाचनमा पराजयलगत्तै सबैले आफूलाई नछाड्न जवाफ दिएका स्पष्टिकरण दिएका थिए। ‘राजेन्द्र लङ्देन (महामन्त्री) लाई भनें, उहाँले अस्वीकार गर्नुभयो, बुद्धिमान तामाङजीले २–३ महिनाका लागि कार्यबाहक जिम्मेवारीमात्र लिन्छु भन्नुभयो’ थापाले भने, ‘उहाँहरु सबैले तपाईंले अध्यक्ष छाड्नु हुँदैन भनेपछि मैले राजिनामा नदिएको हुँ।’ पूर्व राजाले कम्युनिस्ट मिलेका बेला कांग्रेस पनि कम्जोर भएको र यही बेला खेल्न सकेमा शक्तीमा पुग्न सक्ने ठहर गर्न थालेका छन्।राप्रपालाई एक पार्न सके हिजो कांग्रेसको हैसियतमा पुग्न सकिन ठहर पनि गरेका छन्।

प्रतिक्रिया दिनुहोस
प्रधानन्यायधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन

     प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन भएको छ । बुधवार बसेको संसदीय

२६ अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो

    बुधबार सेयर बजारको परिसूचक नेप्से २६ सयमुनि झरेको छ । अघिल्लो

निर्माण कम्पनीहरुको रकम दशैं अगाडि भुक्तानी हुन्छ : अर्थमन्त्री

    अर्थमन्त्री विष्णु पौडेलले निर्माण सम्पन्न गरिसकेका निर्माण कम्पनीहरुको रकम भुक्तानी दशैं

सिनामंगलस्थित प्राधिकरणको कार्यालयमा अख्तियारको छापा

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सिनामंगलस्थित नेपाल नागरिक उड्डयन प्राधिकरणको कार्यालयबाट