ठगीको आरोप लागेर फरार भएका ब्यक्तीले ओली सरकारलाई दिए ठाडै चुनौती,सिन्डिकेट लाद्न यस्तो चलखेल



हाम्रो इकोनोमि

रोजगारीका लागि मलेसिया जाने नेपाली कामदारमाथि भएको ठगीमाथि अनुसन्धान भइरहेका बेला युएई जाने कामदारलाई समेत स्वास्थ्यका नाममा सिन्डिकेट लगाउने चलखेल अघि बढेको छ। मलेसियामा जाने कादारमाथि सिन्डिकेट लगाउने समूहले नै यस्तो चलखेल गरेको हो।

मलेसिया जाने कामदारमाथि स्वास्थ्य लगायत अन्य शीर्षकमा सिन्डिकेट लगाउँदै आएका ३९ वटा स्वास्थ्य संस्थामार्फत नै युएई रोजगारीमा जाने युवालाई पनि स्वास्थ्य परीक्षण गर्ने बहानामा सिन्डिेकट लाद्ने प्रयास गरिरहेका छन्।

युएई जाने कामदारमाथि स्वास्थ्य परीक्षणका नाममा सिन्डिकेट लगाउन व्यवसायी कैलाश खड्काले युएई सरकारको एक संस्थासँग गोप्य सहमति गरी काम गर्ने योजना बनाइरहेको स्रोतको भनाइ छ। मसेलिया गएका कामदारलाई ठगी गरेको आरोपमा खड्का फरार छन्।

खड्काको योजना अनुसार काम भए स्वास्थ्य परीक्षण गर्ने ती स्वास्थ्य संस्थाले ५ लाख धरौटी राखी काम गर्नुपर्ने हुन्छ। यो विषयमा स्वास्थ्य व्यवसायीको एक टोली भारत हुँदै युएई पुगेर छलफल गरिरहेको स्रोतको दाबी छ।

गत चैत महिनामा युएई सरकारले रोजगारीका लागि युएई आउने आप्रवासी कामदारलाई अनिवार्य प्रहरी रिपोर्ट पेस गर्नुपर्ने नियम लागू गरेको थियो। यूएई सरकारको यो व्यवस्था झन्झटिलो र खर्चिलो भएको भन्दै सर्वत्र आलोचना भएपछि एक हप्तापछि उक्त निर्णय खारेज गरिएको थियो।

स्वास्थ्यका नाममा संस्था खोल्दा त्यस्तै विरोध हुन्छ कि भन्ने डरले युएईको सरकारी संस्थाले पहिला नेपाल सरकारलाई मनाएपछि मात्र अनुमतिको विषयमा निर्णय गर्ने सर्त अघि सारेको स्रोतको भनाइ छ। युएईले सर्त राखेपछि खड्का यस विषयमा कुरा गर्न राजनीतिक दलका नेतासम्म पुगेको बताइन्छ।

युएई जाने कामदारको स्वास्थ्य जाँचमा सिन्डिकेट लागू गर्नुअगाडि मेडिकल परीक्षणका लागि चाहिने उपकरणको युएईको सरकारी संस्थाले नेपालमा आई अनुसन्धान गरेपछि काम गर्ने पक्कापक्की जस्तै भएको थियो। त्यसका लागि गोप्य रुपमा ३९ स्वास्थ्य संस्थाका नाम युएई पुगिसकेको छ। व्यवसायीले ५ देखि ७ लाख रुपैयाँ धरौटी राख्ने तयारी पनि गरेका थिए। तर, नेपालमा सरकार परिवर्तन भएसँग यो विषय केही ओझेलमा परेको थियो। प्रहरीले मलेसियामा जाने कामदारमाथि स्वास्थ्यका नाममा सिन्डिकेट लगाउँदै आएका मेडिकल सञ्चालकलाई नियन्त्रणमा लिएपछि यो कामले गति लिन नसकेको स्रोतले जनायो।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेश दाहालले वैदेशिक रोजगारीमा जाने कामदारलाई आर्थिक भार थोपर्ने गरी आउने यस्ता सिन्डिकेटधारी संस्थालाई जसरी पनि रोक्ने बताउँछन्। ‘यदि, यस्ता संस्था जबर्जस्ती आए भने मलेसियाका संस्थाहरुको जुन अवस्था भयो त्यही अवस्थामा पुर्‍याउँछौं,’ उनले भने, ‘युएईमा जाने कामदारको स्वास्थ्य परीक्षणमा १५ सय रुपैयाँभन्दा बढी लिएको गुनासो आइरहेको छ, त्यसलाई पनि रोक्नेगरी मन्त्रालयले योजना बनाइरहेको छ।’

युएई जाने कामदारको स्वास्थ्य परीक्षणका लागि सरकारले महिलाका हकमा ३२ सय र पुरुषका हकमा २ हजार ९ सय रुपैयाँ तोकेको छ। तर, अहिले युएई जाने कामदारको स्वास्थ्य परीक्षण गराएबापत स्वास्थ्य व्यवसायीले ४ हजार ७ सय रुपँयौ उठाउँदै आएका छन्। बायोमेट्रिक, माइग्राम, भिएलएन, वानस्पट सेन्टर र जिएसजी गरी ५ वटा संस्थाले विभिन्न शीर्षकमा मलेसिया जाने कामदारसँग चर्को रकम उठाउँदै आएका थिए। कामदारसँग अनावश्यक रकम असुल गरेको भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ती संस्था अहिले बन्द गराएको छ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...